काठमाडौं । मदन भण्डारी विज्ञान तथा प्रविधि विश्वविद्यालय विश्वव्यापी अनुसन्धान तथा शैक्षिक सञ्जाल साथै इडियुरोम सेवामा आबद्ध भएको छ । उक्त विश्व विद्यालय विश्वका एक सय ४० भन्दा बढी देशबीचको अनुसन्धान तथा शैक्षिक सञ्जालमा जोडिएको छ । जसका लागि विश्वविद्यालय र नेपाल रिसर्च एण्ड एजुकेशन नेटवर्क (एनआरइएन)बीच हालै एक समझदारीपत्रमा हस्ताक्षर भएको हो ।
समझदारीपत्रमा विश्वविद्यालयका अध्यक्ष प्रा.राजेन्द्रध्वज जोशी तथा एनआरइएका अध्यक्ष लोचनलाल अमात्यले हस्ताक्षर गर्नुभएको थियो । समझदारीसँगै चित्लाङस्थित विश्वविद्यालयका विद्यार्थी तथा शिक्षकले विश्वका अन्य विश्व विद्यालयसँग हुने वैज्ञानिक सहकार्यलाई थप मजबुत बनाउन सहयोग पुग्ने बताइएको छ । साथै एनआरइएले विश्वका अन्य अनुसन्धान तथा शैक्षिक सञ्जाल प्रदायक संस्थाको सहकार्यमा नेपालका प्राज्ञिक संस्थाको शैक्षिक तथा वैज्ञानिक क्रियाकलाप सरल बनाउन प्रदान गरिरहेका अन्य सेवा जस्तै इडियुरोम, सुपर कम्प्युटर पहुँच, विश्वविद्यालयको क्याम्पस नेटवर्क स्तरोन्नतीलगायत क्षेत्रमा एनआरइएले आवश्यक सहयोग गर्नेछ ।
सन् २०१० देखि नेपालमा जोडिएको अनुसन्धान तथा शैक्षिक सञ्जाल (ट्रान्स युरोसीया इन्फरमेसन नेटवर्क)मा हालसम्म नेपालका ३० भन्दा बढी शैक्षिक तथा अनुसन्धानसँग सम्वन्धित संस्था आबद्ध भएका छन् । आबद्धताले नेपालका प्राज्ञिक संस्थाबीच तीव्र गतिको कम्प्युटरमा आधारित नेटवर्क निर्माणका साथै राष्ट्रिय सञ्जाललाई विश्वविद्यालयहरूले आफूलाई आवश्यक पर्ने वैज्ञानिक रिसोर्स संयुक्तरूपमा खरिद गरी सो नेटवर्कमार्फत पहँुच गर्न सक्नेछन् । जसले गर्दा हाल देखिरहेको वैज्ञानिक रिसोर्स खरिदको दोहोरोपनमा उल्लेख्य सुधार ल्याउन सक्ने बताइएको छ ।
सो अवसरमा मदन भण्डारी विश्वविद्यालयले अभियानकै रूपमा सुरु गरेको आर्थिक सहयोग कोषमा एनआरइएनका सदस्यले स्वतस्फूर्तरूपमा संकलन गर्नुभएको एक लाख एक हजार रुपैयाँ साथै अमेरिकास्थित नेटवर्क स्टार्टअप रिसोर्स सेन्टर (एनएसआरसी)बाट एनआरइएनको समन्वयमा प्राप्त नेटवर्क स्वीच विश्वविद्यालयका अध्यक्षलाई हस्तान्तरण गरिएको थियो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच