नेपाल-भारत संयुक्त आयोगको सातौँ बैठक सुरु

हिमालय टाइम्स
Read Time = 1 min

काठमाडौं । नेपाल-भारत परराष्ट्रमन्त्रीस्तरीय संयुक्त आयोगको सातौँ बैठक यहाँ सुरु भएको छ ।

बैठकमा परराष्ट्रमन्त्री नारायणप्रकाश साउद र भारतीय विदेशमन्त्री डा एस जयशङ्करले आ-आफ्नो देशको प्रतिनिधिमण्डलको नेतृत्व गर्नुभएको छ । बैठकमा द्विपक्षीय सहकार्य र आपसी हितका विविध विषयमा समीक्षा र छलफल हुने जनाइएको छ ।

भारतीय विदेशमन्त्री डा जयशङ्कर दुई दिने भ्रमणका क्रममा आज नेपाल आइपुग्नुभएको हो । रासस

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?