सर्लाहीमा जंगली हात्तीले घर भत्कायो 

प्रकाश मैनाली सर्लाही, संवाददाता
Read Time = 1 min

सर्लाही । जंगली हात्तीले सर्लाहीको बरहथवा नगरपालिका-९ पैंतालीस बिघामा एक घर भत्काइदिएको छ । मंगलबार राती सावाँ २ जबेको समयमा जंगलबाट आएका २ हात्तीले स्थानीय अप्सरा ठकुरीको दुई तल्ले काठको घर (दुमहला)को तल्लो तल्ला भत्काएको इलाका प्रहरी कार्यालय बरहथवाका प्रहरी नायव उपरीक्षक (डिएसपी) गंगा बहादुर थापाले जानकारी दिनुभयाे ।

अँध्यारोको बेला अचानक आएका हात्तीले घर भत्काउन थालेपछि गाउँभरि हो-हल्ला भएको र घरधनीले घरको माथिल्लो तल्लामा लुकेर बसेका थिए । हात्तीको उपद्रवबाट घरभित्रका अन्नबाली नष्ट भएको छ भने घर भत्किएर ती परिवारको बिजोग भएको छ ।

हात्तीको आक्रमणबाट मानवीय क्षति नभएको प्रहरीले जनाएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?