काठमाडौं । नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालको अध्यक्षमा करण चौधरी निर्विरोध निर्वाचित हुनुभएको छ । चौधरी सिजी होल्डिङ्सका कार्यकारी निर्देशक हुनुहुन्छ । सिजी होल्डिङ्ले नेपालमा सुजुकी चारपांग्रे सवारीसाधन बिक्री गर्दै आएको छ । नवनिर्वाचित अध्यक्ष चौधरीले हाल सम्पूर्ण अटो क्षेत्र निराशाजनक अवस्थामा रहेको भन्दै अटो क्षेत्रलाई माथि उठाउने नै आफ्नो पहिलो प्राथमिकता रहने बताउनुभयो ।
देशभरका सम्पूर्ण कर्मठ अटो र अटोसम्बन्धी व्यवसायीको आवाज अझै सशक्त बनाउँदै सम्बन्धित निकायको ध्यानाकर्षण गराउँदै अटो क्षेत्रका समस्या समाधानमा आफू लागि पर्ने पनि उहाँले बताउनुभयो ।
सदस्यमा राजनबाबु क्षेष्ठ, सुरेन्द्रकुमार उप्रेती, मिलनबाबु मल्ल, दीपेन्द्रकुमार मिश्रा, पंकज अग्रवाल, कपिल शिवाकोटी, विक्रम सिंघानिया, नवराज भुसाल, आकाश गोल्छा, निराकार श्रेष्ठ, सुनिल रिजाल, प्रदीपमान प्रधान, सञ्जयकुमार खेतान, सौरभ थापा, ऋद्धि कार्की, यमुना श्रेष्ठ र प्रकाश कपुरी निर्विरोध भएका छन् ।
संस्थागततर्फबाट मोरङ अटोमोबाइल्स डिलर्स एसोसिएसनका सञ्जयकुमार श्रेष्ठ, जानकी अटोमोबाइल्स एसोसिएसन अफ नेपालतर्फबाट तेजनारायण साह, चितवन अटोमोबाइल्स एसोसिएसनतर्फबाट कुलबहादुर क्षेत्री, पश्चिमाञ्चल अटोमोबाइल्स डिलर्स एसोसिएसनतर्फबाट कृष्णप्रसाद श्रेष्ठ, लुम्बिनी अटोमोबाइल्स एसोसिएसनतर्फबाट गणेशप्रसाद भट्टराई, कर्णाली पश्चिम अटोमोबाइल्स डिलर्स एसोसिएसनाट भद्र भण्डारी र सुदूरपश्चिम अटोमोबाइल्स डिलर्स एसोसिएसिनबाट पुष्करराज ओझा निर्विरोध चयन भएका छन् ।
शुक्रबार काठमाडौंमा आयोजित नाडाको ४७औं वार्षिक साधारणसभाको उद्घाटन अर्थमन्त्री डा.प्रकाश शरण महतले गर्नुभएको थियो । कार्यक्रममा निजी क्षेत्रका छाता संगठन नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ (सिएनआइ) र नेपाल चेम्बर अफ कमर्शका पदाधिकारीहरूको पनि उपस्थिति रहेको थियो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच