सेन्ट जेभियर्समा विज्ञान प्रविधि मेला हुने

Read Time = 1 min

काठमाडौं । विज्ञानको प्रयोग, ज्ञानको लगाम भन्ने नाराका साथ सेन्ट जेभियर्स कलेजले माइतीघरस्थित कलेज परिसरमा २७औँ सोसियल सर्भिस, इन्भायरोमेन्ट एण्ड टेक्नोलोजी एक्जिबिसन गर्ने भएको छ ।

कलेजअन्तर्गतको द सेट काउन्सिलले माघ २९ गते आयोजना गर्ने विज्ञान प्रविधि मेलामा एक सय २० भन्दा बढी स्टल रहने काउन्सिल अध्यक्ष श्रुति पौडेलले हिमालय टाइम्सलाई बताउनुभयो । मेलामा सोही स्कुल र कलेजका विद्यार्थीले बनाएका विभिन्न प्रविधिका स्टल रहने उहाँले जानकारी दिनुभयो ।

मेलामा आठदेखि १२ कक्षासम्मका विद्यार्थीको सहभागिता रहने बताइएको छ । उत्कृष्ट प्रविधिलाई पुरस्कारसमेतको व्यवस्था रहेको आयोजकले जनाएको छ । यसका साथै कलेजले शनिबार बिहान काठमाडौं उपत्यकामा साइकल र्‍याली पनि आयोजना गर्दैछ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?