काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँगको भेटवार्तापछि संस्थापन इतरपक्षका नेताले बेग्लै छलफल थालेका छन् । नेता डा. शेखर कोइराला र महामन्त्री गगन थापाले आफूनिकट नेताहरुसँग छलफल गर्नुभएको हो ।
पार्टीले राष्ट्रियसभामा पठाउने उम्मेदवारको विषयमा छलफल भएको सहमहामन्त्री जीवन परियारले जानकारी दिनुभयो ।
आइतबार शेखर गगन पक्षको भेलाले सत्ता गठबन्धनको भागबण्डामा पार्टीले पाएको १० सिटमध्ये ४ सिटमा आफू पक्षको उम्मेदवार हुनुपर्ने दाबी गरेको थियो । तर सभापति देउवाले इतरपक्षको उक्त मागलाई बेवास्था गरेका कारण इतरपक्ष बेग्लै छलफलमा जुटेको हो ।
यो विषय आइतबार नै बस्ने पार्टीको केन्द्रीय कार्यसम्पादन समितिको बैठकमा राख्ने समेत बताइएको छ । यदि सन्तुलित हिसाबले उम्मेदवार चयन नभए निर्णयमा फरक मत राख्ने उनीहरुको तयारी छ ।
अहिले चार बजे नेपाली कांग्रेसको कार्यसम्पादन समितिको बैठक बस्दैछ । आसन्न राष्ट्रिय सभा चुनावका उम्मेदवार चयनका विषयमा छलफल गर्न कार्यसम्पादन समितिको बैठक बोलाइएको छ ।
आफ्नै घरमा आगो लायर आगो ताप्न पल्केका