राष्ट्रिय सभा चुनावलाई आयोगले गर्‍यो अन्तिम मतदाता नामावली प्रकाशन

हिमालय टाइम्स
Read Time = 4 mins

काठमाडौं । निर्वाचन आयोगले राष्ट्रियसभा निर्वाचनको लागि अन्तिम मतदाता नामावली प्रकाशन गरेको छ । सातवटै प्रदेशको निर्वाचन अधिकृतको कार्यालयमा आइतबार अन्तिम नामावली प्रकाशन भइसकेको निर्वाचन आयोगले जनाएको हो ।

आयोगका अनुसार कोशी प्रदेशमा प्रदेश सभा सदस्यतर्फ ९३ जना र गाउँपालिका अध्यक्ष-उपाध्यक्ष तथा नगर प्रमुख-उपप्रमुखतर्फ २७४ जना गरी ३६७ जना मतदाता छन्।

कोशी प्रदेश सभा सदस्यको मतभार ४९२९ छ। पालिका अध्यक्ष-उपाध्यक्ष तथा नगर प्रमुख-उपप्रमुख गरी ५२०६ मतभार छ। कोशी प्रदेशमा कुल १० हजार १३५ मतभार कायम हुने निर्वाचन आयोगले जनाएको छ।

त्यस्तै मधेश प्रदेशमा प्रदेश सभा सदस्यको १०७, पालिका अध्यक्ष-उपाध्यक्ष तथा प्रमुख-उपप्रमुख २६७ गरी जम्मा ३७४ जना मतदाता छन्।

प्रदेश सभा सदस्यको मतभार ५६७१ र पालिका अध्यक्ष-उपाध्यक्ष तथा प्रमुख-उपप्रमुखको ५०७३ गरी जम्मा १० हजार ७४४ मतभार कायम हुनेछ।

बागमती प्रदेशमा प्रदेश सभा सदस्य तर्फ ११० तथा पालिका अध्यक्ष-उपाध्यक्ष तथा प्रमुख-उपप्रमुख तर्फको मतदाता संख्या २३७ गरी जम्मा ३४७ जना मतदाता कायम भएका छन्।

बागमतीमा प्रदेश सभा सदस्यको मतभार ५८३० र पालिकाका अध्यक्ष-उपाध्यक्ष तथा प्रमुख-उपप्रमुख तर्फको मतभार ४५०३ गरी जम्मा १०३३३ मतभार कायम हुनेछ।

ण्डकी प्रदेशमा प्रदेश सभा सदस्यतर्फ ६० तथा पालिका अध्यक्ष र उपाध्यक्ष तथा प्रमुख र उपप्रमुख तर्फको मतदाता १७० गरी जम्मा २३० जना मतदाता कायम भएका छन् । गण्डकीमा प्रदेश सभा सदस्यको मतभार ३१८० र पालिका अध्यक्ष र उपाध्यक्ष तथा प्रमुख र उपप्रमुखको मतभार ३२३० गरी जम्मा ६४१० मतभार कायम हुनेछ ।

यस्चै लुम्बिनी प्रदेशमा प्रदेश सभा सदस्यको मतदाता संख्या ८७ तथा गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष तथा प्रमुख र उपप्रमुख तर्फको मतदाता संख्या २१८ गरी जम्मा ३०५ जना मतदाता कायम भएका छन् ।

लुम्बिनी प्रदेशमा प्रदेश सभा सदस्यको मतभार ४६११ र पालिकाका अध्यक्ष र उपाध्यक्ष तथा प्रमुख र उपप्रमुखतर्फको मतभार ४१४२ गरी जम्मा ८७५३ मतभार कायम हुने आयोगले जनाएको छ ।

कर्णालीमा प्रदेश सभा सदस्यको संख्या ४० छ । पालिका अध्यक्ष र उपाध्यक्ष तथा प्रमुख र उपप्रमुख १५६ जना छन् । प्रदेश सभाको मतभार २१२० र पालिकाको २९६४ गरी कर्णालीमा जम्मा मतभार ५०८४ हुने छ ।

सुदूरपश्चिम प्रदेशमा प्रदेश सभा सदस्यतर्फको मतदाता संख्या ५२ तथा गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष तथा प्रमुख र उपप्रमुखतर्फको मतदाता संख्या १७६ गरी जम्मा २२८ जना मतदाता कायम छन् । जसअनुसार प्रदेश सभा सदस्यको २७५६ र पालिकाका ३३४४ गरी जम्मा ६१०० मतभार कायम रहेको आयोगले जनाएको छ ।

राष्ट्रिय सभा निर्वाचन आगामी माघ ११ गतेका लागि तय भएको छ । त्यसका लागि सोमबार उम्मेदवारी दर्ताको कार्यक्रम रहेको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?