लण्डन । लन्डन क्लब चेल्सीले एफए कपको तेस्रो चरणमा स्थान बनाएको छ । चेल्सीले च्याम्पियनसिप क्लब प्रिस्टनमाथि ४-० को शानदार जित निकाल्दै चौथो चरणमा प्रवेश गरेको हो । स्टामफोर्ड ब्रिजमा भएको खेलमा घरेलु टोली चेल्सीको फराकिलो जितमा अर्मान्डो ब्रोजा, थियागो सिल्भा, रहिम स्टर्लिङ र एन्जो फर्नान्डेसले गोल गर्नुभयो । सबै चार गोल दोस्रो हाफमा भएको थियो ।
५८औँ मिनेटमा अर्मान्डो ब्रोजाले गोल गर्दै चेल्सीलाई १-० को अग्रता दिलाउनुभयो । उहाँले मालो गुस्टोको पासमा गोल गर्न सफल हुनुभयो । ६६औँ मिनेटमा सिल्भाले गोल गर्दै चेल्सीको अग्रता दोब्बर पार्नुभयो । ६९औँ मिनेटमा रहिम स्टर्लिङले गोल गरेपछि चेल्सीले खेलमा ३-० ले अग्रता थियो । ८५औँ मिनेटमा रहिम स्टर्लिङको पासमा एन्जोले गोल गर्दै चेल्सीको जित सुनिश्चित गर्नुभयो ।
एफए कपकै अन्य खेलमा ब्ल्याकबर्न, सेफिल्ड युनाइटेड, प्लेमाउथ, बर्नमाउथ, साउथह्याम्टन, ब्राइटन, वाटफोर्ड, एस्टन भिल्ला, सेफ वेनस्डे र स्वान्सी सिटीले सफलता हात पार्दै चौथो चरणमा पुगेका छन् ।
रियल प्री-क्वार्टरमा
यस्तै रियल रियल म्याड्रिड स्पेनिस कोपा डेल रेको प्री-क्वार्टर फाइनलमा प्रवेश गरेको छ । दोस्रो डिभिजनको एरानडिनामाथि ३-१ को सहज जित हात पार्दै रियलले अन्तिम १६ मा स्थान पक्का गरेको हो । एरान्डा डुइरो स्पेनमा भएको खेलमा रियलको जितमा जोसेलु, ब्राहिम डियाज र रोड्रिगोले गोल गर्नुभयो । एरानडिनाले एक गोल उपहार पाएको थियो । सबै चार गोल दोस्रो हाफमा नै सम्भव भएको थियो ।
खेलको सुरुवातदेखि नै बल पोसेन राख्दै रियलले घरेलु टोलीलाई दबाबमा राखे पनि गोलको लागि दोस्रो हाफमा पेनाल्टीको सहारा लिनुपरेको थियो । पेनाल्टी बक्समा ब्राहिम डियाजलाई जाजुले फउल गरेपछि रेफ्रीले रियललाई पेनाल्टी प्रदान गर्दा जोसेलु चुक्नुभएन ।
५५औँ मिनेटमा ब्राहिम डियाजले गोल गर्दै रियलको अग्रता दोब्बर पार्नुभयो । इन्ज्युरी समयको थप गरिएको पहिलो मिनेटमा रोड्रिगोले गोल गरेपछि रियलले खेलमा ३-० को अग्रता कायम गर्दै जिततर्फ अग्रसर बन्यो ।
इन्ज्युरी समयको थप गरिएको तेस्रो मिनेटमा नाँचो फर्नान्डेजले आत्मघाती गोल गरेपछि खेल ३-१ को स्थितिमा पुगेपनि त्यसपछि थप गोल निस्कन नसक्दा रियल विजयी हुन सफल भयो । कोपा डेल रेकै अर्काे खेलमा एट्लेटिको म्याड्रिडले लुगोलाई ३-१ ले पराजित गरेको छ । यस्तै, ला लिगामा यो सिजन उच्च प्रदर्शन गरिरहेको जिरोना, गेटाफे, रायो भालेकानो र डिपोर्टिभो अलाभेसले पनि सफलता हात पारेका छन् । एजेन्सी ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच