काठमाडौं । पेशागत बीमा अभिकर्ता संघ नेपालको नेपाल लाइफ बीमक समितिको सम्पन्न विशेष अधिवेशनले गणेश अधिकारीको अध्यक्षतामा ३२ सदस्यीय नयाँ कार्य समिति चयन गरेको छ । वरिष्ठ उपाध्यक्षमा बद्रीनाथ ढकाल, उपाध्यक्षमा ओमप्रसाद ओली, किशोर राउत कमकर, रामचन्द्र बञ्जाडे, रामशरण पोखरेल, रेशमसिंह ठकुरी, जुहारी चौलागाई र देवीप्रसाद जैसी हुनुहुन्छ । सचिवमा तेजमणि शर्मा, सहसचिवमा यदुनन्द भण्डारी, सोमनाथ लुइँटेल र महिला सहसचिवमा गीता कार्की काफ्ले, कोषाध्यक्षमा विमला ढकाल आम्गाई र सहकोषाध्यक्षमा लीला अधिकारी हुनुहुन्छ ।
सदस्यमा नरेन्द्रकुमार संग्रौला, सन्तोष शर्मा, रामबहादुर ओली, दामोदर सापकोटा, जानकी बोहरा विष्ट, नरेन्द्रप्रसाद जोशी, राजकुमार शर्मा, कमलप्रसाद सुवेदी, कृष्णबहादुर रिमाल, शान्ता पाण्डे, सरोज शिवाकोटी, मोहन सुन्दास, महानन्द सिटौला, गोविन्दप्रसाद भट्टराई, अनिता राई, झविन्द्र भट्टराई र तारा दाहाल अधिकारी छन् । नवनिर्वाचित कार्य समितिका पदाधिकारी तथा सदस्यले आइतबारै नेपाल बीमा प्राधिकरणका सञ्चालक कपिल ओलीबाट शपथ लिनुभएको छ ।
शपथग्रहणसँगै बीमा अभिकर्ताको हित र पेशागत मर्यादा कायम गर्दै अघि बढ्ने अध्यक्ष अधिकारीले प्रतिबद्धता जनाउनुभएको छ । काठमाडौंमा आयोजित विशेष अधिवेशनको उद्घाटन कानुनमन्त्री धनराज गुरुङले गर्नुभएको थियो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच