काठमाडौं । नेपालमै पहिलोपटक डिजिटल कार्डको सुरुवात भएको छ । विश्वमा फड्को मारिरहेको प्रविधिको युगलाई आत्मसाथ गर्दै नेपालमा पनि डिजिटल भिजिटिङ कार्ड भित्रिएको हो । यो एक ‘पेपरलेस भिजिटिङ कार्ड’ हो ।
चिप प्रविधिमा आधारित कार्डमा एटीएम कार्डमा जस्तै रहने चिपमा व्यक्ति वा कम्पनीको सम्पूर्ण विवरण राखिएको हुन्छ । जसलाई विभिन्न बैंकको एटीएम कार्ड जस्तै बोकेर मिल्ने हुन्छ । प्रयोगकर्ताको आफ्नो जानकारी सजिलैसँग अन्य व्यक्तिलाई दिन सकिन्छ र मोबाइल नम्बर, ईमेल र अन्य जानकारी सजिलो र बिना झन्झटिलो तरिकाबाट दिन सकिन्छ । जुन चिपको माध्यमबाट कार्डलाई मोवाइल ‘टच’ र वा क्यामेरामा ‘स्क्यान’ गरिसकेपछि सिधंै मोबाइल फोनको ‘कन्ट्याक लिष्टमा सेभ गर्न सकिन्छ ।
विकसित मुलुकमा सन् २००० मा यो कार्ड प्रयोगमा आएको भए पनि हाल दुई युवा दिवाकर अर्याल र सरोज बानियाँले इभाज कार्ड प्रालिमार्फत नेपालमा भित्र्याउनुभएको हो । दुवै युवा व्यवसायी एवं सामाजिक अभियान्ता हुनुहुन्छ । अर्याल कम्पनीको अध्यक्ष र बानियाँ प्रबन्ध निर्देशक हुनुहुन्छ । कम्पनीको सीईओ बंगलादेशका अबुल हसनत आईटीमा दख्खल राख्नुहुन्छ । कम्पनी वा व्यक्तिले यसमा राखिएका व्यक्तिगत विवरण आफूले चाहेको समयमा ‘इडिट’ गर्न सकिनु कार्डको मुख्य विशेषता हो ।
व्यक्तिगत र कम्पनीको छुट्टाछुट्टा भिजिटिङ कार्ड, अनलाइन र अफलाइन दुवैमा प्रयोग गर्न मिल्ने, प्रिमियर क्वालिटी, एकपटक प्रिन्ट गरिसकेपछि सधैंका लागि हुने, व्यक्तिगत नाम ‘इम्बोस’ प्रिन्ट हुनेलगायत अन्य थुप्रै विशेषता छन् । साथै कम्पनी वा बिजनेश प्रमोसनका लागि विभिन्न सामाजिक सञ्जालमार्फत गुगल ‘रिभ्यू’ कार्ड र फलोअर्स कार्डको पनि सुरुवात गरेको छ । जसले आफ्नो कम्पनी वा व्यवसायबारेमा कार्ड स्क्यान गरेर ‘रिभ्यू’ दिनसकिने कम्पनीले जनाएको छ ।
कम्पनीका अनुसार कार्डको सफ्टवेयर एआई प्रविधिमा निर्माण गरिएको, प्रयोगकर्ताका लागि आफ्नो छुट्टै ड्यासबोर्ड हुने, आफूले चाहेको बेलामा अपडेट तथा डिलिट गर्न मिल्ने हुन्छ । यसमा रहेका डाटा सुरक्षित गर्न सबै सुरक्षा प्रविधि अपनाइएकाले डाटा हराउने तथा दुरुप्रयोगको जोखिम नहुने’ कम्पनीका प्रबन्ध निर्देशक बानियाँले बताउनुभयो ।
चर्को मूल्य तिरेर वर्षेनी भिजिटिङ कार्ड छाप्ने झन्झटमा मुक्ति पाउन यो कार्ड बहुउपयोगी हुने कम्पनीका अध्यक्ष अर्यालको भनाइ छ । उहाँले भन्नुभयो, ‘यो कार्ड एकपटक छापिसकेपछि पुनः छाप्ने झन्झट नहुने, खर्चिलो नहुने र कागजको कार्डले वातावरणमा समेत असर पुर्याएको हुँदा यो कार्ड वातावरणमैत्री छ ।’ कार्डको सुरुवाती मूल्य चार हजार राखिएको छ । जसमा कम्पनीले आकर्षक कार्ड बक्ससहित कार्ड उपलब्ध गराउनेछ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच