तम्घासमा स्तन क्यान्सर परीक्षण शिविर

रमेश विश्वकर्मा गुल्मी, संवाददाता
Read Time = 2 mins

गुल्मी। गुल्मीको तम्घासमा सञ्चालन भएको निःशुल्क स्तन क्यान्सर परीक्षण तथा स्वास्थ्य सचेतना शिविरबाट २५१ जनाले सेवा लिनुभएको छ ।

डिल्ली माया मेमोरियल ब्रेस्ट क्यान्सर फाउन्डेसन काठमाडौंको विशेषज्ञ सहयोगमा रोटरी क्लब अफ रेसुङ्गा गुल्मीद्वारा आयोजित शिविरमा महिला र पुरुषहरुले ब्रेस्ट क्यान्सरको परीक्षण गराउनु भएको छ ।

त्यसअवसरमा डिल्ली माया मेमोरियल ब्रेस्ट क्यान्सर फाउन्डेसनका संस्थापक अध्यक्ष विशेषज्ञ डाक्टर सञ्जय पाण्डेले विशेषज्ञ सेवा प्रदान गर्नुभयो । उहाँले स्तन क्यान्सरको वर्तमान अवस्थासहित स्तन क्यान्सर हुने सम्भावित कारण बारे जानकारी गराउनुभयो ।

स्तन क्यान्सरबाट हुन सक्ने जोखिमको उल्लेख गर्दै विशेषज्ञ डाक्टर पाण्डेले स्तन क्यान्सर उपचार उपलब्ध भएतापनि मानिसहरु समयमै उपचार केन्द्रसम्म नजानुका साथै रोगलाई लुकाउने र हेल्चेक्राई गर्ने गरेको बताउनुभयो ।

स्तन क्यान्सर सम्बन्धि सचेतना गर्नुका साथै स्तन क्यान्सरको स्क्रिनिङ्ग गरि संकास्पद बिरामीलाई उपचारको दायरामा ल्याउने उदेश्यले शिविर सञ्चालन गरिएको रोटरी क्लब अफ रेसुङ्गा गुल्मीका अध्यक्ष हरिकुमार श्रेष्ठले बताउनुभयो । शिविरमा सबैभन्दा बढी २४९ महिला र २ पुरुषले ब्रेस्ट क्यान्सरको परीक्षण गराउनुभयो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?