कर्णालीमा गठबन्धन र एमालेबाट ६ जनाको उम्मेदवारी दर्ता

नन्दराम जैशी
Read Time = 2 mins

सुर्खेत । राष्ट्रिय सभाको चुनावका लागि कर्णालीमा सत्तारुढ गठबन्धन दल र नेकपा एमालेबाट ३÷३ जना गरी ६ जनाको उम्मेदवारी दर्ता भएको छ ।

गठबन्धन दलका उम्मेदवारहरुले एकसाथ उम्मेदवारी दर्ता गराएका हुन् । कर्णाली प्रदेश निर्वाचनको कार्यालयमा पुगेर गठबन्धन दलका उम्मेदवारहरुले एकसाथ उम्मेदवारी दर्ता गराएका छन् ।
तीनवटा सिटमा हुने निर्वाचन अन्तर्गत कर्णालीमा नेपाली कांग्रेस, नेकपा माओवादी र नेकपा एकीकृत समाजवादीको भागमा एक/एक सिट परेको छ ।

जस अन्तर्गत महिला कोटातर्फ एकीकृत समाजवादीकी सावित्री मल्ल (दैलेख), दलित कोटामा माओवादीका विष्णु विक ‘विकल्प’ (कालिकोट) र अन्यतर्फ कांग्रेसका कृष्ण रोकाया उम्मेदवार रहनुभएको छ ।

उम्मेदवारी दर्ता कार्यक्रमका सम्बन्तीत पार्टीका प्रदेश अध्यक्ष लगायतका नेता, कार्यकर्ताहरु पनि पुगेका थिए । यस्तै कर्णालीबाट राष्ट्रिय सभा निर्वाचनका लागि एमालेका ३ जना उम्मेदवारले मनोनयन दर्ता गराएका हुन् ।

एमालेबाट राष्ट्रिय सभा सदस्यका लागि उम्मेदवार विमलाकुमारी शाही, हिक्मत विक र डिल्लीप्रसाद भट्टले मनोनयन दर्ता गराउनु भयो ।

एमालेबाट हुम्लाकी शाही महिला क्लस्टर, दैलेखका विक दलित क्लस्टर र मुगुका भट्ट अन्य क्लस्टरबाट उम्मेदवार बन्नुभएको छ ।

 

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?