श्रीपञ्चमी गुठीको १२ औँ वार्षिक साधारणसभा

हिमालय टाइम्स
Read Time = 2 mins

काठमाडौं । कीर्तिपुरको श्रीपञ्चमी गुठीले विभिन्न कार्यक्रम गरी १२औँ वार्षिक साधारणसभा सम्पन्न गरेको छ । समुदायभित्रको गुठी परम्पराअनुसार सञ्चालित सामुदायिक संस्थालाई दर्ता गरी स्थापनाकालदेखि औपचारिक कार्यक्रम गर्दै आएको छ ।

मानन्धर समुदायको संस्कृति प्रवद्र्धन, आर्थिक र सामाजिक सुधारका लागि गुठीले महत्वपूर्ण भूमिका खेल्दै आएको गुठीका अध्यक्ष सिद्धिकुमार मानन्धरले बताउनुभएको छ ।

राजनीतिक, आर्थिक र प्रशासनिक क्षेत्रमा विशिष्ट उपलब्धि हासिल गरेकादेखि सामाजिक क्षेत्रमा योगदान दिएकालाई पनि गुठीले प्रोत्साहन स्वरूप सम्मान गर्दै आएको उहाँको भनाइ छ ।

कीर्तिपुरको कुटिसा टोलमा सघन बसोबास गर्दै आएका मानन्धर समुदायको लगत संकलनदेखि सम्बन्धित समुदाय हितमा केन्द्रित गरी गुठीले काम गर्दै आएको छ ।

देशभरका मानन्धरको साझा संस्था केन्द्रीय मानन्धर संघमा आबद्ध रहेको कीर्तिपुरको श्रीपञ्चमी गुठीद्वारा आयोजित उक्त कार्यक्रममा संवैधानिक कानुनमा विद्यावारिधि डा. सुरेन्द्र मानन्धर, नेपाल प्रहरीका एसपी डा. रोजिना मानन्धरलगायतलाई सम्मान गरिएकोे थियो ।

लेखा समितिका संयोजक राजेन्द्र मानन्धरले सञ्चालन गर्नुभएको कार्यक्रममा कोषाध्यक्ष राजु मानन्धरले वार्षिक आर्थिक प्रगति प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?