चेल्सीको बराबरी, आर्सनलको जित

Read Time = 2 mins

लण्डन । इंग्लिस प्रिमियर लिगअन्तर्गत आइतबार साँझ भएको खेलमा चेल्सी बराबरीमा रोकिँदा छिमेकी आर्सनलले जित हासिल गरेको छ । बर्नमाउथको घरेलु मैदान भिटालिटी स्टेडियममा भएको खेलमा चेल्सी र बर्नमाउथ दुवै टोलीले गोल गर्न सकेनन् ।

५०औँ मिनेटमा लेवी कोलविलले गरेको गोल अफसाइड हुँदा मान्यता पाएको थिएन । ८०औँ मिनेटमा सोलाङकीको प्रहार सान्चेजले उत्कृष्ट बचाउ गरेपछि चेल्सी र बर्नमाउथबीचको खेल बराबरीमा सकियो । बराबरीपछि चेल्सी पाँच खेलमा एक जित र दुई बराबरीसहित पाँच अंकका साथ १४औँ स्थानमा छ । बर्नमाउथ भने एक जितसहित तीन अंकका साथ एक स्थान तल छ ।

यस्तै, अर्को खेलमा आर्सनलले एभर्टनलाई १–० ले हरायो । खेलको एकमात्र गोल लियान्ड्रो ट्रोसार्डले ६९औँ मिनेटमा गर्नुभयो । जितपछि आर्सनल पाँच खेलमा चारमा जित र तिनमा हारसहित चौथो स्थानमा छ । हारेको एभर्टन पाँच खेलमा मात्र एक अंकसहित १८औँ स्थानमा रहेको छ । पाँचौँ चरणको खेल चलिरहँदा म्यानचेस्टर सिटीको मात्र शतप्रतिशत जितको नतिजा छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?