राष्ट्रिय सभा निर्वाचन : सुदूरपश्चिममा तीन पदका लागि ६ जनाको उम्मेदवारी

भाेजराज रोस्यारा कैलाली, संवाददाता
Read Time = 2 mins

कैलाली । राष्ट्रिय सभा निर्वाचनका लागि सुदूरपश्चिम प्रदेशमा तीन पदका लागि ६ जनाले उम्मेदवारी दर्ता गरेका छन् ।

निर्वाचन अधिकृतको कार्यालयमा आज सत्ता गठबन्धनतर्फका तीन र नेकपा एमालेतर्फका तीन जना गरि ६ जनाले उम्मेदवारी दर्ता गराएका हुन् ।
सत्ता गठबन्धन दलतर्फ नेपाली काँग्रेसका उम्मेद्वार बलदेव बोहरा र नारायणदत्त भट्टले उम्मेदवारी दर्ता गराउनु भयो ।

कञ्चनपुरका पूर्व जिल्ला सभापति बोहराले अन्यमा र अल्पसङ्ख्यक र अपाङ्गमा कैलाली जिल्ला सभापति भट्टले मनोनयन दर्ता गराउनु भयो ।
महिलातर्फमा नेकपा माओवादीकी चन्दले उम्मेदवारी दर्ता गराउनु भएको छ ।

नेकपा एमालेतर्फबाट महिलाबाट कैलालीकी सावित्रादेवी घिमिरे, अन्यबाट कञ्चनपुरका ईश्वरीप्रसाद खरेल र अपाङ्गता र अल्पसंख्यकबाट कैलालीका रामचन्द्र जोशीले उम्मेद्वारी दिनुभएको छ ।

सत्ताबाहिर रहेको अर्को दल राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाले राष्ट्रिय सभाका लागि उम्मेदवारी दर्ता गराउनु भयो । राप्रपाले यस प्रदेशमा उम्मेदवारी दिँदा प्रस्तावक र समर्थक पाउन पनि समस्या हुने भएकाले पनि यस प्रदेशमा उम्मेद्वार खडा नगरेको बताईन्छ ।

एमालेका महिलाबाट इन्दु कडरिया, अपाङ्गता तथा अल्पसङ्ख्यक महेशकुमार महरा र अन्य कोटाबाट निर्वाचित नेकपा माओबादी केन्द्रका हरिराम चौधरीको पदावधि आगामी फागुनमा सकिँदैछ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?