उम्मेदवार छनोटमा भएका कमजोरीलाई थाँती राखेर गठबन्धनका उम्मेदवार जिताऔँ : नेता सिटौला

हिमालय टाइम्स
Read Time = 2 mins

विराटनगर । नेपाली काँग्रेसका नेता कृष्णप्रसाद सिटौलाले राष्ट्रिय सभा उम्मेदवार छनोट प्रक्रियामा भएका कमजोरीलाई थाँती राखेर गठबन्धनका उम्मेदवार जिताउन लाग्नुपर्ने बताउनुभएको छ ।

सोमवार राष्ट्रिय सभा चुनावका लागि कोशी प्रदेशमा मनोनयन दर्ता गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले काँग्रेसलै राष्ट्रिय सभा उम्मेदवार छनोट गरेको बारेमा आफूलाई पूरा जानकारी नरहेको र अब सबै एकजुट भएर गठबन्धन उम्मेदवार जिताउन लाग्नुपर्ने बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘राति अबेर निर्णय भयो कसरी भयो थाहा छैन, मैले सही कुरा बुझ्न पाएको छैन । आजको दिनमा गठबन्धनबाट नेपाली काँग्रेसहित गठबन्धनका साथीहरुले एकजुट भइ उम्मेदवारी दर्ता गराएका छौँ । हामी गठबन्धन एक भएर निर्वाचनमा लड्छौँ । उम्मेदवार छनोट गर्दा निर्णय प्रक्रियामा जे जति भएका छन्, त्यसलाई थाँती राखेर गठबन्धनका उम्मेदवार जिताउन लाग्नेछौँ ।’

सिटौलाको प्रश्तावका प्रदीप सुनुवार र समर्थकमा हिमाल कार्की छन् ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?