बागमती चिनी मिलले उखु किसानलाई दुई क्वीन्टलका दरले थप रकम दिने

प्रकाश न्यौपाने नवलपरासी, संवाददाता
Read Time = 4 mins

नवलपरासी । सुस्ता गाउँपालिका वडा नम्बर २ मा संचालित बागमति खाडसारी चिनि मिल प्रा।लि ले गत पौष ३ गतेदेखि १९ गतेसम्म जोखिएका उखुँका गाडीहरुको प्रत्येकलाई २ क्वीन्टलका दरले थप रकम दिने भएको छ ।

उक्त मिलमा राखिएको तौल मेसिनले प्रत्येक उखुको टालीमा २ क्वीन्टल कम तौल देखाएपछि किसाहरुले विरोध गरेका थिए । जस कारण केही दिन मिल सञ्चालनमा समेत किसानहरुले अवरोध सिर्जना गरेका थिए ।

आइतबार सुस्ता गाउँपालिका अध्यक्ष टेक नारायण उपाध्यायको रोहबरमा बसेको किसान र मिलका अधिकारीहरुको वैठकले ३ गते देखि १९ गतेसम्म जोखिएको प्रत्येक टालीमा २ क्वीन्टल थप गरी त्यस अनुसार भुक्तानी गर्ने सहमति भएको सुस्ता गाउँपालिकाका अध्यक्ष टेक नारायण उपाध्यायले बताउनुभयो ।

३ गते देखि १९ गतेसम्म जोखिएको प्रत्येक टालीमा २ क्वीन्टल थप गरी किसानहरुको बैंक खातामा जम्मा गरिदिने मिलका सञ्चालक राम थापाले बताउनुभयो ।

सहमति पश्चात गए राति देखि नै मिल सञ्चालनमा आएको मिलका महाप्रबन्धक टंकनाथ काफ्लेले बताउनुभयो । ३ गते देखि १९ गतेसम्म जोखिएको प्रत्येक टालीमा २ क्वीन्टल थप गरी भुक्तानी गर्दा कति रकम दिनुपर्छ भन्ने दौँतरीको प्रश्नमा आफूहरुले रेर्कड हरेर मात्रै पत्ता लगाउन सक्ने र त्यस काममा लागेको काफ्लको भनाई छ ।

तौलमा विवाद उत्पन्न भएपछि किसानहरुको माग अनुसार मिलले गुणस्तर तथा नापतौल कार्यालय बुटवलका अधिकारी बोलाई चेकजाँच गरेको थियो । गुणस्तर तथा नापतौल कार्यालयले चेकजाँच गर्दा भने तौल मेसिनले सहि तौल देखाएको थियो ।

किसानहरुले मिलले नियतबस नै तौल मेसिनको प्रति टाली करिव २ क्वीन्टल परिमाण घटाइएको हुन सक्ने आंशका गरेका थिए ।

महाप्रबन्धक टंकनाथ काफ्लेले तौल मेसिन विद्युतिय उपकरण भएको हुनाले कहिलेकाँही बिग्रन सक्नु स्वाभाविक भएको र त्यसलाई नियतबस गरियो भनी आरोप लगाउनु गलत भएको बताउनुभएको छ ।

त्यस्तै किसानहरुले नेपाल सरकारले तोके बमोजिमको प्रति क्वीन्टल ५ सय ६५ रुपैयाँ मिलले उपलब्ध गराउनुपर्ने माग समेत राख्दै आएका छन् । मिल सञ्चालकले भने सरकारले न्युनतम समर्थन मुल्य तोकेको दिनदेखि सोही अनुसार भुक्तानी गरिएको र त्यस अगाडीको गत वर्षको मुल्य बमोजिम प्रतिक्वीन्टल ५ सय ४० रुपैयाँको दरले मात्रै भुक्तानी गरिएको बताएका छन् ।

मिल सञ्चालक थापाले आफूहरुले मंसिर शुरु देखि नै किसानहरुको सहजताको लागि मिल सञ्चालक गरेको हुनाले सरकारले न्युनतम समर्थन मुल्य तोकेको दिनदेखि मात्रै पछिल्लो समर्थन मुल्य दिन सकिने बताउनुभयो ।

नेपाल सरकाले यस वर्षको लागि मिल सञ्चालकले उखुको न्यूनतम खरिद मूल्य प्रतिक्विन्टल ५६५ रुपैयाँ तोेकेको छ । त्यस्तै सरकारको तर्फबाट किसानलाई प्रति क्विन्टल ७० रुपैयाँ अनुदान दिने निर्णय समेत गरेको छ । उद्योग र सरकारी अनुदान गरी किसानले प्रतिक्विन्टल ६३५ रुपैयाँ उखुको मूल्य पाउने पाउछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?