नेपालगञ्ज । बाँके जिल्लास्तरीय मेयर कप छात्र/छात्रा फुटबल प्रतियोगिता-२०८० हुने भएको छ । बाँके जिल्ला फुटबल संघको आयोजनामा हुन लागेको प्रतियोगिताको तयारी तीव्र रूपमा भइरहेको छ । प्रतियोगिता आयोजनाका लागि विभिन्न उपसमिति गठन गरिएको छ ।
प्रतियोगितालाई भव्य रूपमा सफल बनाउन उप-समितिको भुमिका महत्वपूर्ण रहने बाँके जिल्ला फुटबल संघका उपाध्यक्ष एवं प्रतियोगिता संयोजक निर्मल चन्दले बताउनुभयो ।
नेपालगन्जमा आगामी माघ ६ देखि १४ गतेसम्म हुने प्रतियोगिताको लागि गठन गरिएको उपसमितिअन्तर्गत सचिवालय संयोजकमा कमल खत्री, सदस्यमा घनश्याम थापा, प्राविधिक संयोजकमा प्रशिक्षक सानु तामाङ, सदस्यमा रवीन्द्र कुमार श्रेष्ठ, दीपु राना, प्रचार प्रसार संयोजकमा अनिल केसी, सदस्यमा जी. थापा, कुमार श्रेष्ठ, सौरभ रानालाई जिम्मेवारी दिइएको छ ।
यसैगरी पालिकास्तरमा समन्वय गर्नको लागि खजुरा गाउँपालिका संयोजकमा टोपेन्द्र खत्री संयोजक, सदस्यमा हरि प्रकाश विक, छविलाल विष्ट र भागवीर सुनार रहनुभएको छ ।
नेपालगञ्ज उप-महानगरपालिका र जानकी गाउँपालिका संयोजकमा भीम जंग शाह, सदस्यमा भद्र सिंह थापा, कोहलपुर नगरपालिका र बैजनाथ गाउँपालिका संयोजकमा युवराज शाही, सदस्यहरुमा भोज बहादुर शाही र सिद्धार्थ खत्री रहनुभएको छ । डुडुवा, राप्तीसोनारी र नरैनापुर समन्वय उप-समितिमा पल सिंह खत्री संयोजक, सदस्यमा शंकर परियार, खड्क खत्री, कमल केसी रहनुभएको छ ।
प्रतियोगिताको समारोह उपसमिति संयोजकमा ओम प्रकाश केसी, सदस्यमा बासु भण्डारी, नागिन श्रेष्ठ रहेका छन् । अनुशासन उप-समिति संयोजकमा गोवद्र्धन सिंह सम्झना, सदस्यमा गोबिन्द्र प्रसाद श्रेष्ठ, निजामुद्दिन सिद्धिकीलाई जिम्मेवारी दिइएको छ ।
स्वास्थ्य उप-समिति संयोजकमा दीपेन्द्र घले, सदस्यहरूमा तरिन्दबहादुर थापा, इन्द्रबहादुर राना रहनुभएको छ । प्रतियोगिता माघ ६ देखि १४ गते सम्म नेपालगन्जमा हुनेछ । बाँके जिल्लामा रहेका आठ वटा स्थानीय तहमा रहेका विद्यालयहरूको छात्र/छात्रा टिमहरूले सहभागिता जनाउने प्रतियोगिता आयोजना गर्न नेपालगञ्ज उप-महानगरपालिकाले आर्थिक सहयोग गरेको छ । प्रतियोगितामा करिब ४० विद्यालयहरुको सहभागिता रहने प्रतियोगिता संयोजक एवम् बाँके जिल्ला फुटबल संघका उपाध्यक्ष निर्मल चन्दले बताउनुभयो ।
बाँके जिल्ला फुटलल संघले विगतका वर्षमा मेयर कप जिल्ला स्तरीय छात्र-छात्रा प्रतियोगिता आयोजना गदै आएको थियो । कोभिड-१९ का कारण दुई वर्ष प्रतियोगिता हुन सकेको थिएन । माघको ६ गतेबाट सुरु हुने प्रतियोगिताले विद्यालय स्तरबाट फुटबल खेलाडी उत्पादनमा सहयोग गर्ने अखिल नेपाल फुटलब संघका केन्द्रीय सदस्य एवं बाँके जिल्ला फुटबल संघका अध्यक्ष भोजराज शाहीले बताउनुभयो ।
नेपालगन्ज उप-महानगरपालिका वडा नम्बर १ स्थित एन्फा ग्रासरुट फुटबल ट्रेनिङ सेन्टरमा प्रतियोगिताका खेलहरु हुनेछ । प्रतियोगिताको विजेता टिमले २१ हजार, उपविजेताले ११ हजार र सर्वोत्कृष्ट खेलाडीलाई पुरस्कृत गरिने संघले जनाएको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच