काठमाडौं । शहीद स्मारक ‘बी’ डिभिजन क्लब मध्यपुर युथ एसोसियसनलाई कारबाही गर्ने अखिल नेपाल फुटबल संघ (एन्फा) को निर्णयविरुद्ध कार्यसमितिका बहुमत सदस्य विपक्षमा उभिएका छन् ।
एन्फा कार्यसमितिको पुस २ गतेको बैठकले मध्यपुरलाई कारबाही गर्ने क्रममा एन्फाले आयोजना गर्ने सम्पूर्ण गतिविधिमा सहभागी नगराउने निर्णय गरेको थियो । त्यसविरुद्ध एन्फाका वरिष्ठ उपाध्यक्ष, दुई उपाध्यक्ष र सदस्य गरी ११ जना मध्यपुरको कारबाहीविरुद्ध उत्रिनुभएको छ ।
वरिष्ठ उपाध्यक्ष वीरबहादुर खड्का, उपाध्यक्षद्वय विराटजंग शाही र दीर्घबहादुर केसी, केन्द्रीय सदस्यहरू पेमा डोल्मा लामा रवीन्द्र चन्द, रमेश व्यन्जनकार, रुपेश अधिकारी, भोजराज शाही, अनिल मल्ल, मनीष जोशी र मणिराज विष्टले संयुक्त रुपपमा हस्ताक्षर गर्दै मध्यपुरविरुद्धको निर्णयमा असहमति जनाउँदै एन्फामा निवेदन दिनुभएको छ । एन्फामा २१ सदस्यीय कार्यसमिति छ ।
‘मध्यपुर युथ एसोसिएसनको निर्णय सम्बन्धमा बचाउको मौका, स्पष्ट कानुनी आधार आदि वेगर पूर्वाग्रहीपूर्ण ढंगले मध्यपुर युथ एसोसिएनलाई कुनै पनि फुटबल खेल गतिविधिमा सहभागिता नगराउने निर्णय एन्फा विधानविपरीत छ,’ असहमति पत्रमा भनिएको छ, ‘कार्यसमितिलाई एन्फाको सदस्य क्लबको फुटबल खेल गतिविधिमा सहभागीता हुने अधिकार खोस्ने कानुनी अधिकार छैन । जुन एन्फाको विधानको धारा १४ (१) (ङ) र (च) एन्फा सदस्यहरूको अधिकारमा प्रतियोगितामा भाग लिन र एन्फा गतिविधि सम्बन्धमा अधिकारसम्बन्धी सुनिश्चित गरेको छ ।’
एन्फाको विशेष साधारणसभा रोक्न मध्यपुर अदालत गएको कारण देखाउँदै एन्फाले कारबाही गरेको थियो । मध्पयुरका सहसचिव सुनिल श्रेष्ठले एन्फा अध्यक्ष पंकजविक्रम नेम्बाङसहित महासचिव किरण राई र र प्रवक्ता सरेश शाहलाई विपक्षी बनाई असोज २५ गते रिट दायर गर्नुभएको थियो । पाटन उच्च अदालतले कात्तिक १६ गते अन्तरिम आदेश जारी नहुने आदेश गरेपछि कात्तिक २३ गते एन्फाको विशेष साधारणसभा हेटौँडा भएको थियो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच