इलामको पानीटारमा विद्यार्थीको आर्कषण

प्रकाश नेपाल इलाम, संवाददाता
Read Time = 3 mins

इलाम । थुम्का थुम्कामा मौलाएको चियाबगानले भरिएको पानीटारको पर्यटकीय गतिविधि बढ्दै गएको छ । देउमाई नगरपालिकामा रहेको पानिटारको रमणीयतामा रम्दै यहाँको समग्र अध्ययनकालागि आउने विद्यार्थीहरुको संख्या थपिदै जादा स्थानीयमा थप उत्साह जागेको छ । पछिल्लो समय राजधानी काठमाडौं सहित विराटनगर, झापालगायत क्षेत्रका क्यामपसवाट अध्ययनका लागि विद्यार्थी आउने गरेका हुन् ।

पानिटारलाई पर्यटन प्रवर्दन तथा चिया बगानको बजारीकरण, सुधार र अध्यनको आवश्यकता महसुस गरि पानीटारलाई छनोट गरि यसपटक इलामको पानीटार आईपुगेको ट्रीटन इन्टरनेश्नल कलेज काठमाडौका समाज कार्य विभाग प्रमुख चन्द्र देव भट्टले बताउनु भयो ।

पर्यटन तथा कृषि मात्र नभएर पानिटारमा पछिल्लो समय विकास हुदै गएको “होम स्टे“ व्यावसायको सम्भाव्यता अवसर र चुनौतिको बारेमा समेत अध्यन गरेका छन् । परम्परागत समाजिककार्यको अभ्यास, समाजिक कार्य विधिमा अनुसन्धान लगायत विषयको पाठ्यक्रम अनुसार विध्यार्थिहरुलई अध्यन अनुसन्धान गरिएको कलेजको अनुसन्धान सिविरका सुपरभाइजर रश्मि पौडेलले बताउनु भयो ।

साथै २०७२ को संविधानले तिन तहको सरकार निर्माण गरिए पछि स्थानियस्तरमा भएका विकास निर्माण, शैक्षिक उन्नात्ति तथा समाजिक गतिविधिमा आएको परिवर्तनको समेत अध्यन गएको विद्यार्थिहरुले बताएका छन् ।

पनिटार भौगोलिक रुपमा सुन्दर तथा पर्यटकहरुको आकर्षण बिन्दु भएको हुदा प्रदेश सरकार, स्थानिय सरकार तथा केन्द्र सरकारार समेत ले नै यस क्षेत्रको विकास तथा प्रवर्दनमा ध्यान दिनु पर्ने पानीटार पर्यटन प्रर्वधन विकास केन्द्रका अध्यक्ष पासाङ शेर्पाले बताउनुभयो । ‘पानीटारमा रमाउनेसँगै अध्ययनकालागि आउने विद्यार्थीको संख्या पनि थपिदै गएको छ,’ उहाँले भन्नुभयो, ‘अव यहाँको व्यवस्थापन र विकासमा तीन तहकै सरकारले सहयोग गर्नु पर्ने आवश्यक्ता छ ।’

चिया, अलैची, अम्लिसो, किवी, दुग्ध लगायतका कृषि उत्पादनलाई विस्तार तथा बजारीकरण गर्नुपन अध्यनले देखाएको छ । पानिटारको भौतिक तथा पर्यटकिय संगै समग्र विकासका लागि वडा कृयाशिल बन्नुपर्ने देखिन्छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?