एपिएफको पोस्टमा संकटाको सात गोल, १९ अंक बटुल्दै शीर्ष स्थानमा

हिमालय टाइम्स
Read Time = 2 mins

काठमाडौं । संकटा क्लवले जारी एन्फा यु–१६ युथ लिग फुटबलमा मंगलवार विभागीय टोली सशस्त्र प्रहरी बल एपिएफको पोस्टमा सात गोल प्रहार गरेको छ ।

ललितपुरस्थित एन्फा कम्प्लेक्समा मंगलवार संकटाले एपिएफमाथि ७–१ को जित निकालेको हो । कृष्णबहादुर आलेको ह्याट्रिक प्रेरणामा संकटाले विभागीय टोलीमाथि सहज जित निकाल्न सफल भयो । यो जितसँगै संकटा ९ खेलबाट १९ अंक बटुल्दै शीर्ष स्थानमा उक्लिएको छ ।

संकटाभन्दा एक खेल कम खेलेको मच्छिन्द्र क्लव १७ अंकसहित दोस्रो स्थानमा छ । खेलको ११ औं मिनेटमा कृष्णबहादुरकै गोलबाट संकटाले अग्रता लिएको थियो । त्यसपछि २६ औं मिनेटमा स्वयमभक्त श्रेष्ठ, ३६औं मिनेटमा दिलन लिम्बू र पहिलो हाफको थप समयमा कृष्णबहादुरले दोस्रो गोल गरे ।

५३ औं मिनेटमा सबिनकुमार लुंगेली मगरले गोल गर्दै संकटाको ५–० को अग्रता दिलाए । तीन मिनेटपछि नै एपिएफले एक गोल फर्कायो । तर, त्यसपछि थप दुई गोल व्यहोर्दै एपिएफले फराकिलो हार व्यहो¥यो । संकटाका लागि छैटौं गोल अरुण श्रेष्ठले ८१ औं मिनेटमा गरे । कृष्णबहादुरले इन्जुरी समयमा तेस्रो गोल गर्दै ह्याट्रिक पूरा गरे । त्यससँगै संकटाले जारी लिगमा छैटौं जित निकाल्यो । आठौं खेलमा चौथो हार बेहोरेको एपिएफ ११ अंकसहित पाँचौं स्थानमा छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?