हकप्रद सेयर जारी गर्दै आँखुखोला

हिमालय टाइम्स
Read Time = 1 min

काठमाडौं । आँखुखोला जलविद्युत् कम्पनीले हकप्रद सेयर निष्कासनका लागि नबिल इन्भेष्टमेण्ट बैंकिङलाई नियुक्त गरेको छ । सो सम्बन्धी सम्झौतापत्रमा आँखुखोला जलविद्युत् कम्पनीका अध्यक्ष राम श्रेष्ठ तथा कम्पनीका निमित्त प्रमुख कार्यकारी अधिकृत प्रतीक्षा शर्मा र नबिल इन्भेष्टमेण्ट बैंकिङका प्रमुख कार्यकारी अधिकृत मनिषनारायण जोशीले हस्ताक्षर गर्नुभएको हो ।

आँखुखोलाले आफ्ना सेयरधनीलाई १ः१.५ को अनुपातमा निकट भविष्यमा हकप्रद निष्कासन गर्नेछ । काठमाडौंबाट करिब १३२ किलोमिटर टाढा धादिङस्थित आँखुखोला बुढीगण्डकी नदीको प्रमुख सहायक नदीमध्ये एक हो । आँखुखोलाको क्याचमेन्ट क्षेत्र करिब ६३३ किलोमिटर छ । कम्पनीको विद्युत् उत्पादन क्षमता ८.४ मेगावाट रहेको छ र उक्त उत्पादित विद्युत्लाई राष्ट्रिय प्रसारणमा जोडिएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?