अम्बरबहादुर विष्ट कोशी प्रदेश सभाको सभामुखमा निर्विरोध निर्वाचित

हिमालय टाइम्स
Read Time = 1 min

विराटनगर । कोशी प्रदेश सभाको सभामुखमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का सांसद अम्बरबहादुर विष्ट निर्विरोध हुनु भएको छ ।

मंगलबार बसेको प्रदेशसभा बैठकमा उपसभामुख सृजना दनुवारले विष्टलाई निर्विरोध निर्वाचित भएको घोषणा गर्नुभयो ।

प्रदेशस्थित सत्ता गठबन्धनका दलहरूले सभामुखका रूपमा अघि सारेपछि उहाँलाई प्रमुख विपक्षी नेकपा एमालेले पनि समर्थन गरेको थियो।

यसरी सत्तारूढ र प्रतिपक्षी दलहरूको समर्थन पाएका विष्टलाई मंगलबारको प्रदेश सभा बैठकले सभामुख चयन गर्ने औपचारिकता पूरा गरेको हो।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?