कोशी प्रदेशको सभामुखमा विष्टद्वारा शपथ

हिमालय टाइम्स
Read Time = 2 mins

मोरङ । कोशी प्रदेशका प्रदेश प्रमुख परशुराम खापुङले प्रदेशसभाका नवनिर्वाचित सभामुख अम्बरबहादुर विष्टलाई आज शपथ गराउनुभएको छ ।

प्रदेश प्रमुख खापुङले प्रदेश प्रमुखको कार्यालय विराटनगरमा आयोजित एक विशेष समारोहबीच सभामुख विष्टलाई पद तथा गोपनीयताको शपथ गराउनुभएको हो । प्रदेशसभाबाट निर्वाचित सभामुख विष्ट प्रदेशसभाको नियमावली–२०७४ को नियम ८ बमोजिम शपथ गराइएको हो ।

शपथ समारोहमा प्रदेशका मुख्यमन्त्री केदार कार्की, निवर्तमान तथा पूर्वमुख्यमन्त्री क्रमशः हिक्मतकुमार कार्की, उद्धव थापा र राजेन्द्र राई, पूर्वसभामुख, प्रदेशका मन्त्री, प्रदेशसभाका सदस्य, सुरक्षा निकायका प्रदेश प्रमुख र विभिन्न राजनीतिक दलका कार्यकर्ताको उपस्थिति रहेको थियो ।

यसअघि आज बसेको प्रदेशसभाको बैठकमा प्रदेशसभा नियमावाली, २०७४ (पहिलो संशोधन समेत)को नियम ७ बमोजिम भएको निर्वाचनमा गठबन्धन दल र नेकपा (एमाले)को सहमतिमा सभामुख विष्ट निर्विरोध निर्वाचित हुनुभएको छ । विष्ट राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) बाट प्रदेशसभा सदस्य हुनुभएको हो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?