हचुवाको भरमा शिक्षा विधेयक आएको छ : पुर्वमन्त्री त्रिपाठी

प्रकाश न्यौपाने नवलपरासी, संवाददाता
Read Time = 4 mins

नवलपरासी । पुर्व स्वास्थ्यमन्त्री तथा जनता प्रगतिशील पार्टीका अध्यक्ष हृदयेश त्रिपाठीले हचुवाको भरमा शिक्षा विधेयक आएको बताउनु भयो ।

शिक्षा विधेकमा कुनै किसिमको छलफल नै नभई आएको बताउँदै उहाँले चार र पाँच जना कर्मचारीले डाफ्ट गरेर पेस गरेको आरोप लगाउनु बताउनु भयो ।  'अन्यत्रबाट धपाइएका सचिव र सहसचिवहरु प्रधानमन्त्री कार्यालयमा हुने र उनीहरुले बनाएको डाफ्ट विधेयक समिति र मन्त्री परिषद हुँदै ससदमा पुग्ने गर्छ ।' उहाँले भन्नुभयो । पछिल्लो समय आएका धेरै विधेयकहरु सरोकारवालाहरुसंग कुनै छलफल नै नगरी ल्याइएको उहाँको दाबी छ ।

नेपालको संविधान २०७२ जारी हुने समयमा कक्षा १० सम्मलाई माध्यामिक विद्यालयको रुपमा रहेको बताउदै उहाले पछि शिक्षा ऎन संशोधन भएर १२ कक्षासम्मको शिक्षालाई माध्यमिक विद्यालयको रुपमा लिएकोले सबिधानको मर्म अनुसार फरक परेको त्रिपाठीले बताउनु भयो ।

संविधानमा प्राथमिक स्वास्थ्य र माध्यमिक शिक्षाको अधिकारी स्थानीय तहलाई दिनु गलत भएको बताउँदै नेता त्रीपाठीले स्थानीय तहलाई स्वास्थ्य र माध्यमिक शिक्षा अनावश्यक बोझ भइरहेको बताउनु भयो ।

मंगलबार बर्दघाटमा आयोजित निजि तथा आवासीय बिद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) को ३३ औँ स्थापना दिवसको अवसरमा प्याब्सन नवलपरासीको आयोजनामा 'नेपालको शैक्षिक उन्नयनमा निजी  विद्यालयहरुको योगदान र आवश्यकता' विषयक प्यानल छलफल कार्यक्रममा गरिएको छ ।

कार्यक्रममा प्याब्सन नवलपरासीका प्रमुख सल्लाहकार इन्द्रबहादुर गुरुङ ,प्याब्सन लुम्बिनी प्रदेश सचीव धनराज चापागाईं,प्याब्सन पुर्व केन्द्रिय सदस्य याम बाहादुर थापा,लगायतले मन्तव्य राख्नु भएको थियो।

कार्यक्रममा शिक्षा समन्वय इकाई नवलपरासीका प्रमुख पूर्ण बाहदुर विश्वकर्मा ,बर्दघाट नगरपालिकाका नगर उपप्रमुख रुद्रप्रकाश उपाध्याय ,प्याब्सनका पुर्व केन्द्रिय सल्लाहकार सुमन गोपाल आचार्य , बुट्वल उद्याेग बाणिज्य संघका हरि प्रसाद अर्याल, शिक्षा कमल चलाउने रमेश न्यौपाने बिच प्याब्सनका केन्द्रिय सचिव सुवर्ण न्यौपानेले बहस चलाउनु भएको थियो।

प्याब्सन नवलपरासीका अध्यक्ष गुरुदत्त पौडेल को अध्यक्षता बरिस्ठ उपाध्यक्ष डम्बरबहादुर गुरुङको स्वागत मन्तब्य रहेको कार्यक्रमको सञ्चालन प्याब्सनका जिल्ला सचिव यज्ञ प्रसाद न्यौपानेले गर्नु भयको थियो। प्यानल छलफल पछि जिल्ला प्याब्सनको ३३ औं बार्षिक साधारण सभा समेत सम्पन्न गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?