धनगढी । विद्याभूषण स्कुलले स्टेपिङ स्टोन जुनियर कपको उपाधि जितेको छ । फाइनलमा डिस्कोभरी स्कुललाई ३९ रनले पराजित गर्दै विद्याभूषण च्याम्पियन बनेको हो । विजेता विद्याभूषणले ट्रफीसहित ३० हजार नगद पुरस्कार पायो भने उपविजेता डिस्कोभरीले १५ हजार पायो ।
टस जितेर पहिले ब्याटिङ गरेको विद्याभूषणले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर ८३ रन बनाएको थियो । उसका नवीन शाहले ३० रन जोड्नुभयो । डिस्कोभरीका अनुपराज गिरीले २ विकेट लिनुभयो । जवाफी ब्याटिङमा डिस्कोभरीले १४ ओभरमा सबै विकेट गुमाएर ४४ रन मात्रै जोड्न सक्यो ।
प्रतियोगिताको प्लेयर अफ द सिरिज डिस्कोभरी स्कुलका गौरव खड्का चुनिनुभयो । यस्तै, बेस्ट ब्याट्सम्यान सन्देश गिरी र बेष्ट बलर लोचन खनाल चुनिनुभयो । सर्वोत्कृष्ट खेलाडीले नगद दुुई हजारसहित डिसिएमा निःशुल्क भर्नासहित चार महिनाको छात्रवृत्ति पाउनुभयो । उत्कृष्ट बलर ब्याटरले एक हजारसहित डिसिएमा निःशुल्क भर्नासहित दुई महिनाको छात्रवृत्ति पाउनुभयो । उदयीमान खेलाडीले डिसिएमा निःशुल्क भर्नासहित ट्रफी मेडल र प्रमाण पत्र पाउनुभयो ।
धनगढी क्रिकेट एकेडेमी (डिसिए)को आयोजनामा भएको प्रतियोगिताको मुख्य प्रायोजकमा स्टेपिङ स्टोन इंग्लिस स्कुल रहेको थियो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच