बोलेरोको ठक्करबाट स्कुटरमा सवार एकको मृत्यु

हिमालय टाइम्स
Read Time = 1 min

काठमाडौं । गोदावरी नगरपालिका–१४ हाडेगाउँ चोक बाडेगाउँस्थित सडकमा बा.२१ च ७३५० नम्बरको बोलेरोले बागमती प्रदेश ०२–०४१ प ९४२२ नम्बरको स्कुटरलाई मङ्गलबार दिउँसो ठक्कर दिँदा स्कुटरमा सवार सोही नगरपालिका गोदावरी बस्ने २० वर्षीया गायत्री श्रेष्ठको मृत्यु भएको छ ।

दुर्घटनामा गम्भीर घाइते भएकी उनको पाटन अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो ।

साथै दुर्घटनामा घाइते भएका स्कुटर चालकको सोही अस्पतालमा उपचार भइरहेको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

प्रहरीले बोलेरो चालकलाई नियन्त्रणमा लिई यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?