सुदूरपश्चिम प्रदेशमा आज सार्बजनिक बिदा

हिमालय टाइम्स
Read Time = 1 min

धनगढी। सुदूरपश्चिम प्रदेश सरकारले आज प्रदेशभरी सार्वजनिक बिदा दिएको छ।

यस प्रदेशमा मनाइने भुवा पर्वको अवसर पारेर प्रदेश सरकारले पुस २६ गते प्रदेशभर सार्वजनिक बिदा दिएको हो।

बिदाको दिन प्रदेशस्थित सरकारी तथा सार्वजनिक निकायहरू बन्द रहने आन्तरिक मामिला तथा कानुन मन्त्रालयले जनाएको छ। खासगरि बाजुरा, बझाङमा मनाइने भुवा पर्व पछिल्लो समय कैलाली, कञ्चनपुरमा पनि मनाउन थालिएको छ।

भुवा पर्वको अवसर पारेर बाजुरेली सेवा समाज धनगढीले पुस २६ देखि २८ गतेसम्म धनगढीस्थित रंगशालामा भुवाचाली खेल प्रतियोगिता पनि आयोजना गरेको छ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?