काठमाडौं । शैक्षिक परामर्श व्यवसायीहरूको हकहितका लागि फेकनको छाता संगठनका रूपमा काम गर्दै आएको छ । सो संस्थाले अध्ययन गर्न विदेश जाने विद्यार्थीहरूका लागि ‘पहिला देश अनि विदेश’ भन्ने एजेण्डा तथा विदेशी विद्यार्थीहरूलाई अध्ययन गर्न नेपालका विश्वविद्यालयहरू सक्षम र अब्बल छन् भन्ने लबिङ गरिरहेको संस्थाका अध्यक्ष राजु निरौलाले बताउनुभयो ।
संघले विभिन्न माग राख्दै प्रधानमन्त्री पुष्पकमल दाहाललाई ध्यानाकर्षण पत्र समेत बुझाएको अध्यक्ष निरौलाले जानकारी दिनुभएको छ । एनओसी लिँदा देखिने समस्या, विद्यार्थी बीमा, परामर्श व्यवसायमा लाग्ने दोहोरो कर, विदेशी विद्यार्थीलाई नेपालमा आकर्षित गर्न कानुन निर्माणलगायतका विषयमा संघले ध्यानाकर्षण गराएको महासचिव छविन्द्र ओझाले जानकारी दिनुभएको छ ।
वर्तमान शिक्षा नियमावलीमा धेरै समस्या रहेको, शैक्षिक परामर्श व्यवसायलाई सञ्चालन गर्नका लागि स्पष्ट निर्देशिका नै नभएको बताउनुहुन्छ महासचिव ओझा । शैक्षिक प्रमाणीकरण शैक्षिक परामर्श व्यवसायलाई मर्यादित, सुरक्षित र व्यवस्थित गर्दै हक र अधिकार संस्थागत गर्ने सवालमा फेकन तत्पर रहेको महासचिव ओझाको दाबी छ । नेपालको शैक्षिक क्षेत्रमा नियम कानुन नै बाधक रहेको फेकनको दाबी रहेको छ ।
युवाहरूको समूहले खोलेको फेकनको १३औं वार्षिक साधारण सभा गारीधारास्थित सिल्भर ओक बैंकेट एण्ड इभेष्ट्समा शनिबार २७ गते हुँदै गर्दा तीन सय जनाभन्दा बढी सदस्यता बनाइसकेको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच