एसियन कपमा कतारको विजयी सुरुवात

हिमालय टाइम्स
Read Time = 1 min

काठमाडौं । एएफसी एसियन कपमा आयोजक कतारले विजयी सुरुवात गरेको छ । प्रतियोगिताको उद्घाटन खेलमा शुक्रबार घरेलु टोली कतारले लेबनानलाई ३–० गोलले हरायो । कतार साविक विजेता टोली हो ।

विश्वकप फाइनल भएको लुसेल रंगशालामा भएको खेलमा घरेलु टोलीले खेलको पहिलो हाफमा एक र दोस्रो हाफमा दुई गोल गरेको थियो । उसका लागि अक्रम अफिफले २ र अर्को गोल अल्मोएज अलिले गरे ।

खेलको ४५औं मिनेटमा अलिको पासमा अफिफले बक्सको भित्रबाट गोल गरेका थिए ।अलिले ५६औं मिनेटमा अग्रता दोब्बर बनाए । गइन्ज्युरी समयको छैठौं मिनेटमा अफिफले अर्को गोल गरे।

एसियन कपमा शनिबार तीन खेल हुनेछन् । दिनको पहिलो खेलमा साँझ ५ः१५ बजे समूह ‘बि’ मा अष्ट्रेलिया र भारतबीच हुनेछ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?