दाङ । देउखुरीको राप्ती गाउँपालिका-१ भालुबाङमा भएको बस दुर्घटनामा मृत्यु भएका थप एक जनाको सनाखत भएको छ ।
बाँके खजुरा गाउँपालिका-३ निवासी २५ वर्षीय सञ्जय केसीको सनाखत भएको हो । यससँगै सनाखत हुनेको संख्या ९ पुगेको छ ।
जिल्ला प्रहरी कार्यालय, दाङका अनुसार पोष्टमार्टमका लागि ठाउँको अभाव भएको छ। लमही अस्पतालको शवगृहमा शव छ तर, त्यहाँ फराकिलो ठाउँ छैन । जसले गर्दा पोस्टमार्टम हुन नसकेको हो ।
यस्तै विच राप्ती नदीमा खसेको बसका चालकले इन्जिनमा समस्या भएपछि दुर्घटना भएको बयान दिएका छन् । प्रहरीको नियन्त्रणमा रहेका चालक लाल बहादुर नेपालीले बसको सापट बिग्रिएपछि दुर्घटना भएको बयान दिएका हुन् ।
![दाङ दुर्घटना अपडेट : मृतक १२ मध्ये ८ जनाको सनाखत [नामावलीसहित]](https://ehimalayatimes.com/wp-content/uploads/2024/01/Dang-accident_trash.jpg)
‘हामीले चालकसँग बयान लिँदा बसको सापटले काम नगरेपछि दुर्घटना भएको भनेका छन्’ जिल्ला प्रहरी कार्यालयका डिएसपी जनक मल्लले भयो,‘बसको इन्जिनमा समस्या भए नभएको बारे परीक्षण गरिनेछ।’
राप्ती नदिमा खसेको बस बाहिर निकालिने र बसको इन्जिनको परीक्षण गरिने छ । तर सवारी साधनका जानकारहरु भने बसको इन्जिनमा प्रयोग हुने सापटको समस्याका कारण बस नमोडिने समस्या नहुने बताउँछन् । स्टेरिङ फेल हुनु, पट्टा भाँचिदा बस नमोडिएर दुर्घटना हुने खतरा रहने तर सापट बिग्रिँदा यो समस्या नहुने उनीहरू बताउँछन् ।
दाङको भालुबाङ स्थित राप्ती नदिमा गए राती भे १ ख ३९१२ नम्बरको बस दुर्घटना हुँदा १२ जनाको मृत्यु भएको छ ।
यस्तै भालुवाङमा भएको बस दुर्घटनाका घाइतेको उपचारमा प्रभावकारी भूमिका निर्वाह गर्न प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले निर्देशन दिनुभएको छ । सामाजिक सञ्जालमार्फत प्रधानमन्त्री प्रचण्डले घटनाप्रति दुःख व्यक्त गर्दै घाइतेको उपचारमा प्रभावकारी भूमिका निर्वाह गर्न सरोकारवाला निकायलाई निर्देशन दिनुभएको हो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच