दाङ दुर्घटना अपडेट : मृतक १२ मध्ये ८ जनाको सनाखत [नामावलीसहित]

विवेक खड्का दाङ, संवाददाता
Read Time = 5 mins

दाङ । दाङको भालुबाङमा पुलबाट यात्रुवाहक बस राप्ती नदीमा खस्दा १२ जनाको मृत्यु भएको छ । सातजनाको घटनास्थलमै, चारजनाको उपचार गर्न लैजाने क्रममा बाटोमै र एकजनाको उपचारका क्रममा मृत्यु भएको इलाका प्रहरी कार्यालय भालुबाङका प्रमुख प्रहरी निरीक्षक उज्ज्वलबहादुर सिंहले जानकारी दिनुभयो ।

मृतकमध्ये ८ जनाको सनाखत भएकाे छ । मृत्यु हुनेमा नेपालगन्जका ६० वर्षीया कुसम बस्नेत, मकवानपुर हेटौंडाका अन्दाजी ३०/३५ वर्षीय शौरभ विष्ट, जुम्लाको चन्दनाथ ९ का ४० वर्षीय मुनबहादुर रावत, बाँकेका ३० वर्षीय रामवरण हरिजनको मृत्यु भएको छ ।

रुकुम गोतामकोट ९ का २५ वर्षीय दीपक डाँगी, भारतको पूर्वी चम्पाटनमलाहीका ६७ वर्षीय योगेन्द्रराम, भारतकै उत्तर प्रदेशको अतिकुल्ला खैरेका ३१ वर्षीय मुने र काठमाडौं चन्द्रागिरि नगरपालिका १५ का ६५ वर्षीय ताराकान्तअन्य चारजनाको सनाखत हुन सकेको छैन ।सनाखत नभएका चार जना मृतक पुरुष हुन् । घाइतेमध्ये सातजनालाई बुटवल, नौजनालाई नेपालगञ्ज र ६ जनाको प्रस्तावित भालुवाङ अस्पताल दाङमा उपचार भइरहेको छ ।

शुक्रबार राति नेपालगञ्जबाट काठमाडौंतर्फ आइरहेको भे १ ख ३००१ ख ३९१२ नम्बरको बस राप्ती गाउँपालिका–१ स्थित राप्ती पुलबाट खसेको थियो ।राप्ती नदी माथि बनेको यो पुलले दाङ र अर्घाखाँची जिल्लालाई जोड्छ ।

घटना के, कसरी भयो भन्नेबारे थाहा हुन नसकेको जिल्ला प्रहरी प्रवक्ता डीएसपी जनकबहादुर मल्लले वताउनु भयो । घटनास्थलमा जिल्ला प्रहरी प्रमुख एसपी रामबहादुर केसीसहित ३५ नेपाल प्रहरी, सशस्त्र प्रहरी बल ज्वालामाई गण भालुबाङका प्रमुख एस्पी गोपालप्रसाद श्रेष्ठसहित ४५ सशस्त्र प्रहरी र जिल्ला ट्राफिक प्रहरी प्रमुख किरणप्रकाश मल्लसहित ६ जना ट्राफिक प्रहरी उद्धारमा खटेको मल्लले बताउनु भयो । चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

घाइतेहरूको विवरण :
१. काठमाडौं बस्ने बर्ष ११ को अब्या पाण्डे , बाँया हातमा चोट
२. काठमाडौं कालीमाटी बस्ने मन्जु शर्मा, बर्ष ३८, आँखामा चोट, मध्यम
३. बाँके, निरञ्जन कोरी, बर्ष २०, बाँयाँ हात र ओठमा सामान्य चोट
४. बाँकेको नेपालगञ्ज बस्ने बर्ष २४ को आशतोष गौतम बाँया हातमा चोट, हाम फालेर बाँच्न सफल
५. रौतहट बस्ने २६ बर्षीय संजय कार्की, निधारमा र आँखामा चोट
६. बाँकेको कोहलपुर बस्ने बर्ष २१ को धनबहादुर पुन मगर, खुट्टा, हात र कम्मरमा चोट
७. भारत बस्ने २० बर्षीय छोटी सिलौटा, सिरियस
८. बर्दियाका २२ बर्षीय राजीव थारु, आन्तरिक रक्त अल्पता, बाँया हातमा चोट
९. जुम्लाका १९ बर्षीय विशाल बोहरा, मुखमा चोट
१०.  बाँकेका १८ बर्षीय दशरथ विक, हात,खुट्टा र निधारमा चोट
११. बाँकेका १९ बर्षीय नफिज खान, ढाड र कोखामा चोट
१२. डोल्पाका ३५ बर्षीया धनकली बुढा, मुखमा चोट
१३. बाँके राप्ती सोनारी गापा २ का ३१ बर्षीय कुलबहादुर गोसाई, सहचालक, ढाडमा चोट, गम्भीर
१४. समिर नेपाली, चालक
१५. काठमाडौं चखेवा बस्ने ४५ बर्षीय सुवास कार्की, ढाडमा चोट
१६. बाँकेको नेपालगञ्ज बस्ने ३५ बर्षीया लिला वली, खुट्टामा चोट
१७. बाँकेको नेपालगञ्ज बस्ने ६० बर्षीया कुसुम बस्नेत, ढाडमा चोक, मध्यम
१८. बाँके बैजापुर बस्ने २१ बर्षीय शंकर थारु, खलासी, दाहिने हातमा चोट
१९.भारत बस्ने बर्ष २३ का राहुल कुमार अहीर, दाहिने हात भाच्चिएको

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?