जर्मनीबाट १२ लाखमध्ये ६ लाख लाइसेन्स कार्ड आइपुग्यो

हिमालय टाइम्स
Read Time = 1 min

काठमाडौँ । यातायात व्यवस्था विभागका अनुसार जर्मनीबाट चालक अनुमति पत्र (लाइसेन्स) आइपुगेको छ ।

जर्मनीको म्युह्लवार कम्पनीबाट शुक्रबार बिहान लाइसेन्स कार्ड आइपुगेको विभागका महानिर्देशक उद्धवप्रसाद रिजालले बताउनु भयो ।

म्युह्लवार कम्पनीले १२ लाख कार्ड छाप्ने ठेक्का यातायात व्यवस्थाबाट पाएको थियो । जसमध्ये ६ लाख कार्ड पहिलो चरणमा शुक्रबार नेपाल ल्याइएकाे हाे ।

विभागसँग करिब ४५ हजार मात्र कार्ड भएको अवस्थामा थप ६ लाख थान आएपछि वितरण खुकुलो पारिने बताइएको छ ।

परीक्षा उत्तीर्ण गरी नयाँ लाइसेन्स लिने र नवीकरण गर्नेको सङ्ख्या १४ लाख ५८ हजार पुगेको छ ।

बाँकी ६ लाख कार्ड ४५ दिनभित्र आइपुग्ने विभागले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?