राप्ती बस दुर्घटनामा साहित्यकार एवं मार्क्सवादी चिन्तक पाण्डेयको निधन

हिमालय टाइम्स
Read Time = 2 mins

काठमाडौं । दाङको भालुवाङमा शुक्रबार राति भएको बस दुर्घटनामा परी साहित्यकार तथा वामपन्थी चिन्तक प्राध्यापक डाक्टर ताराकान्त पाण्डेयको निधन भएको छ।

नेपालगंजबाट काठमाडौं आउने क्रममा भे १ ख ३९१२ यात्रुवाहक बस राप्ती गाउँपालिका–१ भालुबाङस्थित पुलबाट राप्ती नदीमा खसेको थियो ।

सोही बस दुर्घटनामा उहाँको निधन भएको हो ।

प्रगतिवादी साहित्यमा समर्पित पाण्डेय इच्छुक सांस्कृतिक प्रतिष्ठानका अध्यक्ष समेत हुनुहुन्थ्यो ।

हाल उहाँ मोहन वैद्य किरण नेतृत्वको क्रान्तिकारी कम्युनिष्ट पार्टीका केन्द्रीय सल्लाहकार तथा स्कुलिङ विभाग सदस्य हुनुहुन्थ्यो ।

पार्टीले कैलालीमा आयोजना गरेको स्कुलिङ कार्यक्रममा सहभागी भएर फर्किने क्रममा पाण्डेयको बस दुर्घटनामा परी निधन भएको हो ।

विसं २०५७ सालको पारिजात सिर्जन पुरस्कार पाउनु भएको उहाँ २०१७ असोज ८ गते रुपन्देहीमा जन्मिनुभएको थियो । पाण्डेय २०३६ सालदेखि नेपाली साहित्यमा निरन्तर सकृय रहनुभएको थियो ।

उहाँका भूमिका र मूल्याङ्कन (२०५३), प्रगतिवाद र कविता (२०५६), देवकोटाको व्यङ्ग्य व्यक्तित्व (२०५८), अर्थभ्रान्तिको उत्तर चेतनाका विरुद्ध (२०६७), अर्थको आनन्द (२०६८), समय र सिर्जना (२०६८) लगायत समालोचना प्रधान कृतिहरु प्रकाशित छन् ।

उहाँले ‘आलोचना’, ‘कलम’ जस्ता साहित्यिक पत्रिकासमेत सम्पादन गर्नुभएको थियो ।

 

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?