करिब २ सय ७४ किलो गाँजासहित ३ जना पक्राउ

हिमालय टाइम्स
Read Time = 2 mins

बारा । निजगढ नगरपालिका-१३ भक्तलाल टोल बस्ने २१ वर्षीय लाल बहादुर वाईबालाई अवैध लागूऔषध गाँजा करिब २ सय ५० किलो र नगद २ लाख ७ हजार रूपैयाँसहित शुक्रबार बिहान प्रहरीले पक्राउ गरेको छ । वाईबाको घरमा गाँजा लुकाई राखेको भन्ने सूचनाको आधारमा इलाका प्रहरी कार्यालय निजगढ र अस्थायी प्रहरी पोष्ट रतनपुरबाट खटिएको प्रहरीले उनको घर तलासी गर्ने क्रममा उक्त परिमाणको गाँजा फेला पारी पक्राउ गरेको हो । साथै उनको घरबाट ना.३९ प २४५३ नम्बरको मोटरसाइकलसमेत प्रहरीले बरामद गरेको छ ।

यसैगरी मोरङकाे बिराटनगर महानगरपालिका-१४ स्थित सडकबाट अवैध लागूऔषध गाँजा करिब २४ किलोसहित २ जनालाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा बिराटनगर महानगरपालिका-८ बस्ने ४० वर्षीय बिरेन्द्र कुमार राजवंशी र धनकुटा शहिदभुमी गाउँपालिका-२ बस्ने ४५ वर्षीय उत्तम राई रहेका छन् ।

इलाका प्रहरी कार्यालय रानी र लागूऔषध नियन्त्रण ब्यूरो बिराटनगरबाट खटिएको प्रहरीले बिराटनगरबाट रानीतर्फ जाँदै गरेको को.२ ह ६५१ नम्बरको अटो टेम्पोलाई जाँच गर्ने क्रममा दुइ ओटा जेब्रा झोलामा रहेको उक्त गाँजा फेला पारी टेम्पो चालक बिरेन्द्र र टेम्पोमा सवार उत्तमलाई पक्राउ गरेको हो ।

यस सम्बन्धमा थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएकाे छ ।

 

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?