चित्लाङ–थानकोट सडक खण्डमा कार दुर्घटना, चार जनाको मृत्यु

हिमालय टाइम्स
Read Time = 1 min

काठमाडौं । चित्लाङ–थानकोट सडक खण्डमा कार दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ ।

थानकोटबाट चित्लाङका लागि छुटेको प्रदेश : ३ -०१ -०२३ च ६९८५ नम्बरको कार चन्द्रागिरि नगरपालिका-४ सेतो पहरा भन्ने स्थानमा दुर्घटनामा परेको हो । दुर्घटनामा चार जनाको घटनास्थलमै मृत्यु भएको छ ।

अन्य २ जना घाइते भएका थानकोट प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक नारायण अधिकारीले जानकारी दिनुभयो ।

मृत्यु हुनेमा दुई पुरुष, एक महिला र एक बालक रहेका छन् । उनीहरुको सनाखत हुन सकेको छैन । घाइतेहरूको उद्धार गरेर उपचारका लागि काठमाडौं पठाइएको छ ।

अहिले थानकोट प्रहरी र चित्लाङ प्रहरी घटनास्थलमा पुगेको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?