सेयर बजार बढ्दो क्रममा

Read Time = 3 mins

काठमाडौं । विगत केही दिनयता सेयर बजारमा सुधार देखिन थालेको छ । सोमबार बजार सूचक पछिल्लो समयको सबैभन्दा कम १८१८ अंकमा झरेकोमा पछिल्लो तीन दिनदेखि निरन्तर बढ्दो क्रममा रहेको छ । मंगलबार ३.३१, बुधबार २३.४० अंकले बढेको सेयर बजार बिहीबार ३२.३० अंकले बढेको हो । नेप्सेसँगै कारोबार रकम पनि बढेको छ । दुई सय ६४ कम्पनीका ४४ लाख २२ हजार एक सय ८६ कित्ता सेयर एक अर्ब ४७ कोड ४७ लाख ६५ हजार तीन सय ८८ रुपैयाँमा कारोबार भएको हो ।

कारोबारमा आएकामध्ये दुई सय ३१ कम्पनीको सेयर मूल्य बढेको छ । १३ वटै समूहको परिसूचक बढेकोमा होटल तथा पर्यटनमूलक सूचक ३.७५ प्रतिशतले बढेको छ भने ब्यापार ३.७१ प्रतिशत, जलविद्युत् २.८२, विकास बैंक २.५५, लघुवित्त २.२४, फाइनान्स २.१७ र जीवन बीमा २.०९ प्रतिशतले बढेको छ । हिमालयन ऊर्जा विकास कम्पनी र आत्मनिर्भर लघुवित्तको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । शिवश्री हाइड्रोपावर ८.१४, गणपति लघुवित्त ७.८३ र श्वेतगंगा हाइड्रोपावरको ७.०४ प्रतिशतले बढेको छ ।

एनआइबिएल ग्रोथ फण्डको इकाई मूल्य सर्वाधिक ३.१४, हिमालयन बैंक डिबेञ्चर २०८३ को १.९९, एनएमबी ५० को इकाइ मूल्य १.९६, सामुदायिक लघुवित्त १.९६ र किसान लघुवित्तको सेयरमूल्य १.९१ प्रतिशतले घटेको छ । शिवम् सिमेन्टको सात करोड ११ लाख १० हजार, एनआइसी एसिया बैंकको छ करोड ७६ हजार १७ लाख, एभरेष्ट बैंक तीन करोड ५९ लाख ८४ हजार र नागरिक लगानी कोषको तीन करोड ४५ लाख २१ हजार रुपैयाँ बराबरकोे सेयर कारोबार भएको नेपाल स्टक एक्सचेन्ज(नेप्से)ले जनाएको छ । सेयर बजार सुधारको माग गर्दै सेयर लगानीकर्ताले बुधबार प्रधानमन्त्री पुष्पकमल दाहाललाई ज्ञापनपत्र बुझाएका थिए ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?