काठमाडौं । कम्प्युटर एसोसिएसन नेपाल(क्यान महासंघ)ले विदेशी मुद्राको सटही रोकिँदा नेपालको इन्टरनेट सेवा उद्योग जटिल मोडमा पुगेको जनाएको छ । गाँस, बास, कपासजस्तै अति आवश्यक सेवाका रूपमा रहेको इन्टरनेटको भविष्य अन्योलमा रहनु निकै दुखद् भएको महासंघको भनाइ छ । नेपालमा अन्तर्राष्ट्रिय ब्याण्डविथ भित्र्याएबापत भारतीय अपस्ट्रिम प्रदायकलाई करिब १० महिनायता इन्टरनेट सेवा प्रदायकले भुक्तानी गर्न पाएका छैनन् ।
भुक्तानीका लागि अपस्ट्रिम प्रदायकबाट बारम्बार ताकेता भए पनि सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले विदेशी मुद्रा सटहीमा सिफारिस नगरिदिँदा इन्टरनेट सेवा सम्बद्ध व्यवसायी मारमा परेको महासंघले जनाएको छ । जसको प्रत्यक्ष असर आमउपभोक्ता र देशको समग्र अर्थतन्त्रमै पर्ने बताइएको छ । मन्त्रालय र इन्टरनेट सेवा प्रदायकबीच हाल चलिरहेको मर्मतसम्भार शुल्कमा रोयल्टी र ग्रामीण दूरसञ्चार विकास कोष (आरटिडिएफ) दस्तुर विवाद आपसी छलफलबाटै टुंग्याउनुपर्ने भन्दै महासंघले सम्बन्धित निकायलाई ध्यानाकर्षणसमेत गराएको छ । क्यान महासंघका अध्यक्ष रणजीत पोद्दार भन्नुहुन्छ, ‘सरकार र इन्टरनेट व्यवसायीबीच यसअघि भएका सहमति अदालतको निर्णय, संशोधित दूरसञ्चार नियमावली र ऐनले गरेका व्यवस्थालाई आधार मानी सरकारले नै निकास दिनुपर्छ ।’
नेपालको इन्टरनेट सेवा उद्योगमा उचित व्यावसायिक वातावरण सिर्जना गर्ने र हाल देखिएका जटिलताको अन्त्य गर्ने दायित्व सरकारकै भएको उहाँको भनाइ छ । क्यान महासंघ सरकारलाई लचिलो भएर समस्या समाधानका लागि पहल गर्न आग्रह गर्दै आवश्यक सहजीकरण गर्न महासंघ तयार रहेको जनाएको छ । महासंघका महासचिव चिरञ्जीवी अधिकारीले भन्नुभयो, ‘नेपालमा सञ्चालित इन्टरनेट र सूचना सञ्चार प्रविधि (आइसिटी) व्यवसायलाई अनावश्यक दुःख र दबाब दिने कार्यले डिजिटल नेपालको आकांक्षा पूरा हुन सक्दैन, यसर्थ व्यवसायीलाई खुलेर तथा जिम्मेवार भएर काम गर्ने वातावरण तयार पारिदिन नेपाल सरकारको विशेष ध्यानाकर्षण गराउँदछौँ ।’
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच