प्रधानमन्त्री कप क्रिकेटमा आज दुई खेल हुँदै

हिमालय टाइम्स
Read Time = 1 min

काठमाडौं। प्रधानमन्त्री कप पुरुष क्रिकेट प्रतियोगितामा आइतबार दुई खेल हुनेभएका छन । आज भैरहवा क्रिकेट मैदानमा गण्डकी प्रदेशले कर्णाली प्रदेशसँग खेल्दै छ ।

गण्डकी प्रदेशले पहिलो खेलमा लुम्बिनी प्रदेशसँग हार बेहोरेको छ भने कर्णाली प्रदेशले पहिलो खेल खेल्दै छ ।

त्यस्तै आज अर्को खेल टियु क्रिकेट मैदानमा एपीएफ र बागमती प्रदेशबीच हुनेछ । बागमती प्रदेशले पहिलो खेलमा नेपाल पुलिस पराजित भएको थियो । भने एपीएफले आफ्नो पहिलो खेल खेल्दै छ ।

यसअघि शनिबार सम्पन्न पहिलो खेलमा नेपाल पुलिस क्लब, लुम्बिनी प्रदेश र मधेश प्रदेशले जित हासिल गरेर प्रतियोगितामा विजयी शुरुवात गरेका छन् ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?