ताइपेई । ताइवानको आमनिर्वाचनमा चीनविरोधी मानिने सत्तारुढ दल डिपीपीका उम्मेदवार विलियम लाई विजयी हुनुभएको छ । लाई हाल ताइवानको उपराष्ट्रपति हुनुहुन्छ र अब राष्ट्रपतिको जिम्मेवारी सम्हाल्नुहुनेछ । ताइवानको यो ऐतिहासिक चुनावलाई ‘युद्ध र शान्ति’बीचको निर्वाचनका रूपमा हेरिएको छ । ताइवानलाई स्वतन्त्र देश दाबी गर्ने डेमोक्रेटिक प्रोग्रेसिभ पार्टी (डिपीपी) आठ वर्षदेखि सत्तामा छ ।
राष्ट्रपति निर्वाचित भएपछि लाइले ‘देश सही बाटोमा अघि बढ्ने र दायाँबायाँ वा पछाडि नफर्कने’ टिप्पणी गर्नुभएको छ । लाइले निर्वाचनमा ४० प्रतिशत मत प्राप्त गर्नुभएको छ । उहाँका प्रमुख विपक्षी उम्मेदवार कुओमिन्ताङ (केएमटी) पार्टीका हु यु-ई हुनुहुन्थ्यो । ताइवानमा सन् २००० देखि चीन समर्थित मानिने केएमटी र डिपीपीबीच प्रतिस्पर्धा छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच