चार्जिङ स्टेशन बनाउन निजी क्षेत्रलाई आकर्षित गर्नुपर्छ : मन्त्री बस्नेत

फाइल तस्बिर

हिमालय टाइम्स
Read Time = 4 mins

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिंचाईमन्त्री शक्तिबहादुर बस्नेतले विद्युतीय सवारी साधनको चार्जिङ स्टेशन निर्माणका लागि निजी क्षेत्रलाई आकर्षित गर्नुपर्ने बताउनुभएको छ ।

आईतवार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै मन्त्री बस्नेतले विद्युतीय सवारी सधानको चार्जिङ स्टेशन निर्माणका लागि निजी क्षेत्रलाई आकर्षित गर्नुपर्ने बताउनुभएको हो । उहाँले नेपाल विद्युत प्राधिकरणले बनाएको चार्जिङ स्टेशनले मात्रै धान्न नसक्ने भन्दै थप स्टेशन बनाउनका लागि निजी क्षेत्रको सहभागिता आवश्यक पर्ने बताउनु भयो । उहाँले चार्जिङ स्टेशन निर्माणमा निजी क्षेत्रहरु आइरहेको भन्दै अझै निजी क्षेत्रलाई भित्र्याउनका लागि सरकारले वातावरण बनाउने बताउनु भयो । उहाँले विद्युतिय सवारी साधनको प्रयोगका लागि राज्यले प्रोत्साहन गर्ने बताउनु भयो । उहाँले राज्यले सबै कुराको ग्यारेन्टी गरेपछि मात्रै विद्युतीय सवारी साधनको प्रयोगमा जाने भन्नेकुरा गलत भएको भन्दै प्रयोग गर्दै आइपर्ने समस्याहरु समाधान गर्दै जानुपर्ने बताउनु भयो ।

उहाँले भन्नुभयो – ‘हाम्रो यातायात नीतिबाट हेर्छौं त हामी । त्यो नीतिभित्र यो विद्युतीय सवारी साधनलाई समावेश गरेर त्यसैमा राखेर हेरौँ त अब । सबै राज्यले ग्यारेन्टी गरेपछि हामी विद्युतीय सवारी साधनमा जाने त ? नाफा व्यक्तिले लिने । जोखिम सबै राज्यले वहन गर्ने भन्नेकुरा न्यायिक हुन्छ ? सबै राज्यले गरिदिनुपर्ने । जोखिम पनि राज्यले बोक्नुपर्ने नाफा चाहीँ अर्को ठाउँमा जाने भन्ने कति न्यायोचित र कति तर्कसंगत हुन्छ ? नयाँ कुरामा जाने कुरामा केही प्रोत्साहनका कुरा, थप प्रेरित गर्ने कुरा, मान्छेलाई आकर्षित गरेर अगाडी बढाउनको निम्ति राज्यले सकारात्मक वातावरण तयार गर्न सोच्ने कुरा ठिकै छ । ५० बढी चार्जिङ स्टेशन बनायो नेपाल विद्युत प्राधिरकणले । तर प्राधिकरणले मात्रै गरेर धानिने कुरा त होइन यो । यो चार्जिङ स्टेशनको कुरामा पनि निजी क्षेत्रलाई पनि अपील गर्छौं । आउँछ पनि । बरु कसरी आकर्षित हुन्छ भनेर एउटा निष्कर्ष बनाऔँ । निजी क्षेत्र आउन् । आइ पनि राखेको छ । सरकारले नीजि क्षेत्रको लागि अनुकुल वातावरण बनाउन सरकारले सोच्नु पनि पर्छ । चार्जिङ स्टेशन विभिन्न प्रकृतिका आउने भए । एउटै मोडालिटीका ल्याउँछौँ भन्न त हामी सक्दैनौँ नि । भन्न पाउँदैनौँ पनि । भन्न सक्दैनौँ । त्यो विभिन्न मोडालिटीमा आउने होला । उपभोक्ताका सहजताका लागि जुनसुकै मोडलको निम्ति चार्ज गर्नसक्ने व्यवस्था कसरी निर्माण गर्नसक्छौँ । त्यतातर्फ सोचौँ ।’

मन्त्री बस्नेतले विभिन्न प्रकृतिका चार्जिङ स्टेशनहरु आइरहेका भन्दै एउटै प्रकृतिको ल्याउनुपर्छ भन्न सरकारले नसक्ने बताउनु भयो । जुन कुनै प्रकारको चार्जिङ स्टेशनमा पनि उपभोक्ताले सहज ढंगले चार्जिङ गर्नसक्ने व्यवस्था मिलाउनुपर्ने उहाँको भनाई छ ।

 

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?