काठमाडौं । गत साता घट्दोक्रममा रहेको सेयर बजार यो साताको पहिलो दिन आइतबार भने उच्च अंकले बढेको छ । यस दिन नेप्से ३१.६२ अंकले बढेर २१२०.६२ अंकमा पुगेको होे । ठूला कम्पनीको कारोबार मापक सेन्सेटिभ इण्डेक्स पनि ४.०२ अंकले बढेर ३८८.१७ अंकमा पुगेको छ । नेप्सेसँगै कारोबार रकम पनि बढेर झण्डै साढे पाँच अर्ब पुगेको छ । यस दिन तीन सय १४ कम्पनीका एक करोड ६६ लाख पाँच हजार दुई सय ३४ कित्ता सेयर पाँच अर्ब ४५ करोड चार लाख २१ हजार आठ सय छ रुपैयाँमा कारोबार भएको नेपाल स्टक एक्सचेन्ज(नेप्से)ले जनाएको छ ।
कारोबारमा आएका १३ समूहगत सूचकमध्ये ११ वटाको बढेको छ भने दुईवटाको घटेको छ । जलविद्युत् सर्वाधिक ४.५८, अन्य २.७७, लघुवित्त १.९६, फाइनान्स १.५५, विकास बैंक १.२४, लगानी १.२४ र उत्पादन तथा प्रशोधन १.०३ प्रतिशतले बढेको छ भने व्यापार ०.९४ र होटल तथा पर्यटन ०.०१ प्रतिशतले घटेको छ । आइतबार १५ कम्पनीको सेयर मूल्य नौ प्रतिशतले बढेकोमा ११ कम्पनीको मूल्य सकारात्मक सर्किट लेभलमा बढेर कारोबार भएको छ । मेगा म्युचुअल फण्ड १ को इकाई मूल्य सर्वाधिक ९.५३ र निर्धन उत्थान लघुवित्तको सेयर मूल्य पनि ४.३१ प्रतिशत घटेको छ ।
नेपाल पुनर्बिमा कम्पनीको संस्थापक सेयर कारोबार रकमका आधारमा शीर्ष स्थानमा रहँदै १२ लाख ७४ हजार चार सय २४ कित्ता सेयर ३५ करोड ६८ लाख ३८ हजार सात सय २० रुपैयाँमा खरिदबिक्री भएका छन् । सोनापुर मिनरल्स एण्ड आयल लिमिटेडको २४ करोड तीन लाख, हाथवे इन्भेष्टमेन्टको ११ करोड ८३ लाख, अरुण भ्याली हाइड्रोपावरको ११ करोड ८३ लाख र अरुण काबेली पावरको ११ करोड छ लाखभन्दा बढीको सेयर कारोबार भएको नेप्सेले जनाएको छ । बैंकहरूले माघमा निपेक्षको ब्याजदर घटाउने निर्णय गरेसँगै सेयर बजारमा सुधार देखिएको हो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच