दोहा । कतारमा जारी एएफसी एसियन कप फुटबलको समूह ‘सी’ मा इरान र संयुक्त अरब इमिरेट्स (युएई) ले जित निकालेका छन् । इरानले प्यालेस्टाइनलाई ४-१ र युएईले हङकङलाई ३-१ ले पराजित गरेको हो । इरानका करिम अन्सारिफार्दले दोस्रो मिनेटमै गोल गर्दै अग्रता दिलाउनुभएको छ । १२औँ मिनेटमा शोजा खलिलजादेहले र ३८औँ मिनेटमा मेहदी अब्दोलहामिद घएदीले गोल थप्नुभएको थियो ।
पहिलो हाफको इन्जुरी समयको छैटौँ मिनेटमा प्यालेस्टाइनका तमर मोहम्मद सेयमले गोल फर्काउनुभएको थियो । सरदार अजमौनले ५५औँ मिनेटमा गोल गरेपछि इरानले फराकिलो अन्तरको जित निकाल्यो । आइतबार समूह ‘डी’मा जापानले भियतनामलाई ४-२ ले हराएको थियो । खेलको ११औँ मिनेटमा मोनाकोका ताकुमी मिनामिनोले गोल गर्दै खेलमा जापानलाई अग्रता दिलाउनुभयो ।
तर, १-० को अवस्था उल्ट्याउँदै भियतनामले खेलमा अग्रता बनायो । १६औँ मिनेटमा बाक दिन्ह न्ग्वेनले गोल गर्दै खेल बराबरमा पुर्याउनुभयो । ३३औँ मिनेटमा तुआन हाई फामले भियतनामका लागि गोल गर्दै टोलीलाई अग्रता दिलाउनुभएको थियो ।
त्यसपछि राम्रो प्रदर्शन पस्किँदै जापानले खेलमा ३ गोल गर्न सफल भएको थियो । ४५औँ मिनेटमा वाटारू एन्डोको पासमा व्यक्तिगत दोस्रो गोल गर्दै मिनामिनोले खेल बराबरीमा ल्याउनुभएको थियो । पहिलो हाफको इन्जुरी समयमा जापानले खेलमा पुनः अग्रता लिएको थियोे ।
मिनामिनोकै पासमा केइटो नाकामुराले गोल गरेपछि जापानको अग्रता अन्तर बढेको थियो । टोलीले चौथो गोल ८५औँ मिनेटमा मात्र गर्न सफल भयो । ताकेफुसो कुबोको पासमा आयासे युएडाले गोल गर्नुभएको थियो । एजेन्सी ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच