ज्येष्ठ नागरिकलाई समृद्धिको सम्मान

Read Time = 1 min

काठमाडौं । समृद्धि फाइनान्सले शनिबार ज्येष्ठ नागरिकलाई सम्मान प्रदान गरेको छ । फाइनान्सको पाँचवटै शाखामा आयोजित सम्मान कार्यक्रममा ७० वर्षभन्दा माथि उमेर समूहका ज्येष्ठ नागरिकलाई सम्मानपत्रका साथै दोसल्ला ओडाएर सम्मान गरिएको थियो । करिब तीन सयजनालाई सम्मान गरिएको कम्पनीका व्यवसाय प्रवद्र्धन विकासका अधिकृत सुरजकुमार सर्राफले जानकारी दिनुभयो ।

पुतलीसडक शाखामा शंकरदेव क्याम्पसका क्याम्पस प्रमुख केशवराज जोशी, हेटौंडामा हेटौंडा उपमहानगरपालिका उपमेयर राजेश बानियाँ, पोखरामा कानुन सञ्चार तथा प्रदेशसभा मामिला मन्त्रालय गण्डकी प्रदेशका मन्त्री विन्दुकुमार थापा, नारायणगढ शाखामा कम्पनीका अध्यक्ष ठाकुरप्रसाद भट्टराई र बुटवल शाखामा सञ्चालक सुजन अधिकारीको उपस्थितिमा कार्यक्रम आयोजना गरिएको कम्पनीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?