
काठमाडौं । नेपाल एपिएफ क्लबले प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय प्रतियोगितामा कोशी प्रदेशलाई ६ विकेटले हराउँदै लगातार दोस्रो जित हात पारेको छ । जितका लागि १३६ रनको सामान्य लक्ष्य पछ्याएको एपिएफले १९.१ ओभरमा ४ विकेट गुमाउँदै पूरा गर्यो ।
एपिएफको जितमा कप्तान रोहित पौडेलले ५३ बलमा ९ चौका र ३ छक्कासहित ८० रनको इनिङ खेल्नुभयो । त्यस्तै ओपनर प्रज्वल शाही २२, आसिफ शेख ४ र सुमित महर्जनले २० रन बनाउनुभयो । कोशीका फिर्दोस अन्सारी, कमल खत्री, समिर कार्की र सोनु मण्डलले १-१ विकेट लिनुभयो ।
त्यसअघि माथिल्लो मूलपानी क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको कोशी ४४.३ ओभरमा १ सय ३५ रनमा अल आउट भएको थियो । कोशीका लागि फिर्दोस अन्सारीले ८५ बलमा ८ चौकासहित ५५ रनको योगदान दिनुभयो । त्यसबाहेक कोशीका ओपनर मिनाश थापा शून्य, कप्तान अंकित सुवेदी १३, सोनु अन्सारी २०, आशिष भट्टराई १० र सोनु मण्डलले ११ रन बनाउनुभयो । एपिएफका रोहित पौडेलले ७ ओभरमा १ मेडनसहित २४ रन खर्चेर ३ विकेट लिनुभयो । अभिनाश बोहराले ८.३ ओभरमा ३ मेडनसहित १३ रन खर्चेर ३ विकेट लिनुभयो । एपिएफले पहिलो खेलमा बागमती प्रदेशलाई ८९ रनले हराएको थियो । कोशी भने पहिलो खेलमा मधेशसँग ७ विकेटले पराजित भएको थियो ।
सुदूरपश्चिमको जित
यता, भैरहवामा सुदूरपश्चिम प्रदेशले लुम्बिनी प्रदेशलाई ५ विकेटले हराउँदै विजयी सुरुवात ग¥यो । जितका लागि १५९ रनको विजयी लक्ष्य पछ्याएको सुदूरले २९.३ ओभरमा ५ विकेट गुमाउँदै पूरा गर्यो । सुदूरको जितमा शेर मल्ल ४४ बलमा ४ चौका र २ छक्कासहित ४२ रनमा अविजित रहनुभयो । त्यस्तै नारायण जोशी ३० बलमा ४ चौकासहित २८ रनमा अविजित रहनुभयो ।
ओपनर खडक बोहरा २१, टेक रावत १८, नरेन भट्ट १२ र किरन ठगुन्ना १६ रनमा आउट हुनुभयो । लुम्बिनीका अभिषेक गौतमले १० ओभरमा ६० रन खर्चेर ३ विकेट लिनुभयो । कृष्ण कार्की र अजय चौहानले १-१ विकेट लिनुभयो । त्यसअघि सिद्धार्थ रंगशाला भैरहवामा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको घरेलु टोली लुम्बिनी ४८.४ ओभरमा १५८ रनमा अल आउट भएको थियो । लुम्बिनीका प्रज्वल थापाले ६८ बलमा ४ चौकासहित सर्वाधिक ४२ रन बनाउनुभएको थियो ।
प्रज्वलबाहेक लुम्बिनीका कुनै पनि ब्याटरले राम्रो ब्याटिङ गर्न सकेनन् । ओपनर विराट भण्डारी २३, सम्राट भुुषाल ९, निर्मल गुरुङ १४, मोहम्मद हुसेन २६ र दिलसाद अली १० रनमा आउट हुनुभयो । सुदूरपश्चिमका नारायण जोशीले ९.४ ओभरमा १ मेडनसहित ३६ रन खर्चेर ३ विकेट लिनुभयो । भोजराज भट्ट र नरेन साउदले २-२ विकेट लिनुभयो ।
लुम्बिनीले पहिलो खेलमा गण्डकी प्रदेशलाई ४ विकेटले हराएको थियो । सुदूरको यो पहिलो खेल थियो । सुदूरले मंगलबार कर्णालीसँग खेल्नेछ । लुम्बिनीले बुधबार कर्णालीसँग खेल्नेछ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच