मेरील्याण्ड । अमेरिकाको मेरिल्याण्डमा बडामहाराजधिराज पृथ्वीनारायण शाहको जयन्ती मनाइएको छ । मेरिल्याण्डको बाना हलमा ३०२औं पृथ्वी जन्म जयन्ती तथा राष्ट्रिय एकता दिवस मनाइएको हो । पारसमणि श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रमको प्रमुख अतिथिमा विश्वहिन्दु महासंघ अमेरिकाका महासचिव साथै हिमानी ट्रष्ट भर्जिनिया च्याप्टर एम्वासेडर तथा नेपाली अमेरिका कम्युनिटी सेन्टरका ट्रष्टी अध्यक्ष अरुण रूपाखेती हुनुहुन्थ्यो भने अतिथिमा सुबोधविलास पन्त रहनुभएको थियो ।
अन्य संघसंस्थाका महानुभावहरूमा नेपाली जन सम्पर्क समिति मेरिल्याण्ड च्याप्टरका सभापति राजेन्द्र रेञ्चुरी मेरिल्याण्ड च्याप्टरका एनआरएनएका सभापति कुल गुरुङ इनासका अध्यक्ष राहुल केसी, गोरखा समाजका अध्यक्ष अपार श्रेष्ठ, नेपा समितिका सभापति विक्रान्त श्रेष्ठ, रास्वपा अमेरिकाका संयोजक रमेश भट्ट, हिन्दू-बुद्ध मन्दिरका सचिव तरुण पौडेल, लायन्स क्लब अफ मेरिल्याण्डका फाउण्डर सभापति वैखुण्ठमान श्रेष्ठ, इनास मेरील्याण्डका उपाध्यक्ष दिलीप श्रेष्ठ, वयोवृद्ध अम्बर श्रेष्ठलगायत व्यक्तित्वहरूले शुभकामना मन्तव्य दिनुका साथै पृथ्वीनारायण शाहका बारे प्रकाश पर्नुभएको थियो ।
वक्ताहरूले पृथ्वीनारायण शाह राजामात्र नभई प्राकृतिक सनातन हिन्दू धर्मको संरक्षक पनि रहेको र उहाँले विषे नगर्ची, वज्रयानी, महायानी तथा बौद्ध गुरुहरूको सल्लाहमा मुसलमान दाजुभाइबाट निर्मित हातहतियार तथा राई, लिम्बू, तामाङ, मगर जस्ता अनेकौं जनजातिलाई मिलाएर बनाइएको पृथ्वी सेनाद्वारा राज्य एकीकरण गरी जातजाति धर्म, भाषा आदिलाई कुनै पनि भेदभाव नगरेकाले उहाँको जन्म जयन्ती पानसले मात्र होइन आगामी दिनहरूमा कांग्रेस, कम्युष्टि, माओवादी सबै दलले मनाउन जरुरी रहेको बताएका थिए ।
स्वागत मन्तव्य पानस अमेरिकाका उपाध्यक्ष केमीका भण्डारीले गर्नुभएको थियो भने कार्यक्रम पानस अमेरिकाको महिला संयोजक राधा शर्माले गर्नुभएको थियो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच