
मेकअप आर्टिष्टका रूपमा आफ्नो ख्यातिलाई बढाइरहनु भएको नाम हो विक्रम गौतम । काभ्रेमा जन्मिनुभएका विक्रमले काठमाडौंलाई कर्मथलो बनाएर आफ्ना क्रियशन पस्किरहनु भएको छ । स्वदेशमै प्रशस्त सम्भावना छन् भन्ने उदाहारणीय व्यक्तित्व हुनुहुन्छ उहाँ । उहाँले नेपालका प्रायः धेरै कलाकारलाई मेकअप गर्नुभएको छ । विगत एक दशकदेखि यो क्षेत्रमा सक्रिय रहनुभएका गौतमले ‘पुरानो बुलेट, कप्स, विच्छेद, भुगोल, क्रस, मामा जस्ता दर्जन बढी चलचित्रका कलाकारलाई मेकअप गरेर सिंगार्ने गर्नुभएको छ । उहाँले चलचित्रमा मात्र होइन चर्चित नेपाली टेलिसिरियल ‘सक्किगोनी, भद्रगोल, मेरी बास्सै, बुहारी, हालत खराब, क्या जमाना आ’, जस्ता थुप्रै टेलिसिरियलमा आफ्नौ कौशल प्रस्तुत गर्नुभएको छ । म्युजिक भिडियोअन्तर्गत पाँच हजार जतिमा काम गरेको दाबी गर्नु हुने उहाँले ‘चाहन्छु, सपनिमा, ए काली’लगायत थुप्रै भिडियो तथा विज्ञापनमा काम गर्नुभएको छ । बि स्टार एकेडिमी एण्ड युनिसेक्स सैलुन सञ्चालन गरिरहनु विक्रमले जसमार्फत रोजगारी पनि दिइरहनुभएको छ । आफूलाई प्रशिक्षकका रूपमा प्रस्तुत गरिरहनुभएका उहाँले थुप्रैलाई शिक्षित गर्नुभएको छ । निःपूर्णताका लागि प्रशिक्षण मुख्य कुरा हुने बताउनुहुने मेकअप आर्टिष्ट विक्रम गौतमसँग हिमालय टाइम्सका लागि गीता अधिकारीले गर्नुभएको कुराकानीको संक्षिप्त अशंः-
कसरी आउनुभयो यो क्षेत्रमा ?
मलाई नयाँ-नयाँ केही गरौं भन्ने जहिले लागि रहन्थ्यो । केही नयाँ गरौं भन्ने हुन्थ्यो त्यसैले यो क्षेत्रमा आए ।
कहिलेदेखि हुनुहुन्छ यो क्षेत्रमा ?
म विगत एक दशकदेखि यो क्षेत्रमा निरन्तर छु ।
यस सम्बन्धी अध्ययन पनि गर्नुभयो कि ?
आफूलाई निपूर्ण बनाउन प्रशिक्षण त मुख्य कुरा भइहाल्यो । लिए, थुप्रै जनासँग सिके अहिले पनि सिकिरहेको छु । मलाई के लाग्छ भने यो सिक्ने क्रम सकिँदैन । मैले सुरुमा सीटीईभीटी सीप विकासबाट प्रशिक्षण लिए । पछि शान्ताज ब्युटी पार्लरमा सिके । यस्तै भारतीय र जर्मन मेकअप आर्टिष्टसँग पनि सिक्ने मौका पाए ।
यहाँले मेकअप आर्टिष्टका रूपमा काम गरेका केही चलचित्रको नाम लिनुपर्दा ?
मैले थुप्रै चलचित्रमा काम गरेको छु केहीको नाम लिनुपर्दा ‘पुरानो बुलेट, कप्स, विच्छेद, भुगोल, क्रस, मामा जस्ता दर्जन बढी चलचित्रका कलाकारलाई मेकअप गरेर सिंगार्ने मौका पाएको छु ।
टेलिसिरियलतिर पनि हुनुहुन्छ होइन ?
हो, मैले नियमित रूपमा ‘सक्किगोनी’ टेलिसिरियलमा काम गरेको छु यस्तै ‘भद्रगोल, मेरी बास्सै, बुहारी, हालत खराब, क्या जमाना आ’, जस्ता थुप्रै टेलिसिरियलमा काम गरेको छु ।
प्रशिक्षकका रूपमा पनि आफूलाई प्रस्तुत गरिरहको छु । आफूले जानेको ज्ञान सबैमा बाडनुपर्छ भन्ने मान्यता राख्छु । हिजो म सिक्न चाहँदा सिकाउने मान्छे नपाएको पाए पनि पूर्णरूपमा सिकाउन नखोज्ने जस्ता कुराबाट गुज्रिएको छु । त्यसैले सिक्न चाहनेका लागि आफूले जानेजति सिकाउने कोसिसमा हुन्छु । मैले थुप्रैलाई शिक्षित गर्ने अवसर पाएको छु । यो क्रमलाई निरन्तरता दिन्छु ।
कति जतिमा म्युजिक भिडियोमा काम गर्नुभयो होला ?
यस्तै पाँच हजार जति पुग्न लाग्यो होला म्युजिक भिडियो त । ‘चाहन्छु, सपनीमा, ए काली’लगायत थुप्रै भिडियो तथा विज्ञापनमा काम गरेको छु ।
आफ्नै शैलुन सञ्चालनमा ल्याउनु भएको छ होइन ?
हो ‘बि स्टार एकेडिमी एण्ड युनिसेक्स सैलुन’ सञ्चालन ल्याएको छु । यसमार्फत केहीलाई रोजगारी दिइरहेको छु ।
प्रशिक्षकका रूपमा यहाँले आफूलाई प्रस्तुत गर्नुभएको छ ?
प्रशिक्षकका रूपमा पनि आफूलाई प्रस्तुत गरिरहको छु । आफूले जानेको ज्ञान सबैमा बाडनुपर्छ भन्ने मान्यता राख्छु म । हिजो म सिक्न चाहँदा सिकाउने मान्छे नपाएको पाए पनि पूर्णरूपमा सिकाउन नखोज्ने जस्ता कुराबाट गुज्रिएको छु म । त्यसैले सिक्न चाहनेका लागि आफूले जानेजति सिकाउने कोसिसमा हुन्छु म । थुप्रैलाई शिक्षित गर्ने अवसर पाएको छु । यो क्रमलाई निरन्तरता दिन्छु ।
परिवारका सदस्यलाई पनि यो क्षेत्रमा संलग्न गराउनुभएको छ ?
हुनुहुन्छ । मेरो श्रीमती बैंकको जागिरमा जान चाहन्थिन् मैले यही व्यवसायमा संलग्न हुन अनुरोध गरे । मेरो अनुरोध अहिले आएर हेर्दा धेरै राम्रो भएको उनको बुझाइ रहेको पाउँछु । कमाइको हिसाबले धेरै राम्रो भएको छ । श्रीमती मन्दिरा सापकोटा, भाइ विनय गौतम र बुहारी यही क्षेत्रमा हुनुहुन्छ ।
यहाँले यो क्षेत्रमा पुर्याएको योगदानस्वरूप थ्रुपै मानसम्मान र अवार्ड प्राप्त गर्न सफल हुनुभएको छ कस्तो लाग्छ फर्केर हेर्दा ?
मलाई के लाग्छ भने यो सबै एक दिन एक रातमा भएको होइन । मेरो संघर्ष र परिश्रमले यो सबै भएको हो । संघर्ष र परिश्रम त जारी नै छ तर लामो त्याग तपस्याको प्रतिफलका रूपमा मानसम्मान र पुरस्कार मेरो पोल्टामा आएको भन्ने लाग्छ । स्टार म्युजिक एण्ड फिल्म अवार्ड, राई भाषाको गीतबाट प्रशंसा म्युजिक अवार्ड, समावेशी म्युजिक अवार्डलगायत छन् । यस्तै हालै राजधानीमा सम्पन्न भएको दशैं–तिहार फेष्टिफल म्युजिक आवर्ड र चन्द्रलोक प्रतिष्ठानबाट सम्मान गर्नुभएको छ । मलाई के लाग्छ भने मिहिनेतले नै मान्छेलाई सफलतातर्फ डो¥याउछ । तपाईं कुनै क्षेत्रमा लगनशीलता र मिहिनेतकासाथ काम गर्नुहोस् सफलता हात लाग्छ । सफल हुन हिम्मत हार्न हुन्न भन्ने मेरो बुझाइ छ । फर्केर हेर्दा राम्रो लाग्छ । अझै केही गरौं यो क्षेत्रमा उल्लखनीय कार्य भन्ने लाग्छ ।
कतिको सचेत रहेको पाइन्छ सुन्दरताप्रति मानिसहरू ?
पछिल्लो समयका मानिसमा सुन्दरताचेत रहेको पाइन्छ । डिजिटल मार्केटिङको जमना छ । पहिला-पहिला मेकअपलाई हामीकहाँ सामान्य रूपमा लिए पनि अहिलेको पुस्ताले यसको महत्व बुझेको छ । आजको समयमा सबैको स्मार्ट बन्ने चाहना त हुन्छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच