काठमाडौं । गल्ली म्यापले स्टार्टअप अवार्ड जितेको छ । नेपाल उद्योग वाणिज्य महासंघअन्तर्गतको नेपाल युवा उद्यमी फोरम (एनवाइइएफ) ले आयोजना गरेको स्टार्टअप प्रतियोगिताको फाइनलमा पुगेका सातमध्ये गल्ली म्यापले चार लाख नगदसहित स्टार्टअप अवार्ड जितेको हो ।
राजीवविक्रम महर्जनसहितको अगुवाइमा स्थापित गल्ली एक्सप्रेस प्रालिले नेपालका घर नम्बरसहितको सबै स्थानका विस्तृत नक्सांकन गर्छ । विस्तृत नक्साको मद्दतले वस्तु तथा सेवाको प्रवाहमा सहजीकरण गर्न सकिने महर्जनले बताउनुभयो ।
कोरोना महामारीका बेलामा आफूले घरमा सामान अर्डर गरेपछि डेलिभरी गर्नेलाई असहज भएका कारण वस्तु तथा सेवाको निर्वाध तथा सहज प्रवाहमा गल्ली म्यापले सहजीकरण गर्ने उहाँको दाबी छ ।
त्यस्तै क्विकफक्स कन्सल्टिङ र पेटमामा नेपालले फस्ट रनरअपका रूपमा दुई लाख नगद पुरस्कार प्राप्त गरेका छन् । क्विकफक्स कन्सल्टिङले कम्पनीमा कम मानव संसाधन तथा खर्चमा चुस्त सेवा प्रवाह गर्न मद्दत गर्छ भने पेटमामा नेपालले कुकुर तथा बिरालो जस्ता घरपालुवा जनावरका लागि सम्पूर्ण सेवा प्रवाह गर्छ । स्टार्टअप भए पनि समाजमा राम्रो योगदान दिन सक्ने आधारमा दूरशिक्षा एडुकेसनले ५० हजार नगदसहित सम्मान प्राप्त गरेको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच