युक्रेनी युद्धबन्दीलाई रुसले सुनायो जेल सजाय

मस्को । रुसले दुई सयभन्दा धेरै युक्रेनी युद्धबन्दीलाई लामो सजाय सुनाएको सोमबार बताएको छ । क्रेमलिनको आक्रमणको करिब दुई वर्षपछि केहीले आजीवन कारागारको सजाय पाएका छन् ।

रुससँग अज्ञात सङ्ख्यामा युक्रेनी बन्दी छन् । तीमध्ये धेरैलाई सन् २०२२ मा बन्दरगाह सहर मारिउपोल घेराबन्दीका क्रममा लगिएको थियो । किएभ र अन्तर्राष्ट्रिय अधिकार समूहहरूले युद्धबन्दीहरूमाथि मस्कोको परीक्षणहरूलाई अवैध भन्दै निन्दा गरेका छन् ।

“दुई सयभन्दा बढी युक्रेनी सैन्यकर्मीहरूलाई नागरिकको हत्या र युद्धबन्दीहरूसँग दुर्व्यवहार गरेको आरोपमा लामो कारगार सजाय सुनाइएको छ”, रुसको अनुसन्धान समितिका प्रमुख अलेक्जेन्डर बास्ट्रिकिनले सरकारी समाचार आउटलेट आरआइए नोभोस्तीलाई अन्तरवार्ता दिँदै भन्नुभयो ।

उहाँले ‘उच्चस्तरीय अधिकारीहरू’ सहित युक्रेनी सैन्य कर्मचारीहरूमाथि मस्कोले मुद्दा चलाउने आफ्नो प्रयासलाई ‘जारी राख्ने’ वाचा गर्नुभयो । धेरै युक्रेनी युद्धबन्दीहरूलाई रुसले कब्जा गरेको पूर्वी युक्रेनमा राखिएको छ भने अन्यलाई रुस लगिएको छ ।

बास्ट्रिकिनले सैनिकहरूलाई रुसमा वा कब्जा गरिएको युक्रेनमा सजाय सुनाइएको थियो भन्नेबारे केही बताउनुभएन । यद्यपि सरकारी आउटलेट आरटीले अनुसन्धान समितिको स्रोतलाई उद्धृत गर्दै कब्जा गरिएको युक्रेनमा दुई सय ४२ सैनिकलाई सजाय सुनाइएको बताएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?