काठमाडौं । ‘आइसी डिजाइनर रनवे’ सिजन-१३ का लागि २४ मोडल छानिएका छन् । काठमाडौंमा भएको अडिसनबाट १८ महिला र ६ पुरुष गरेर २४ मोडल छानिएका हुन् । अभिनेत्री प्रियंका कार्की, सविता कार्की, नेक्स्ट मोडल्स नेपालका सिइयो रवि धमला, कर्मसियल फोटोग्राफर राजभाइ सुवाल, मिष्टर नेपाल विजेता समर्पण कार्की, आइसी कलेजकी प्रबन्ध निर्देशक शैलजा अधिकारी र राजश्री थापा लगायतको निर्णायले मोडल छान्नुभएको हो । छानिएका मोडल आगामी चैत १६ मा आयोजना हुने ‘आइसी डिजाइनर रनवे’ नामक फेसन सोमा ¥याम्पमा प्रस्तुत हुनेछन् ।
शोमा विभिन्न फरक फरक देशका १२ जना अन्तर्राष्ट्रिय मोडलको पनि सहभागिता रहनेछ । फेसन शोको म्यानेजमेन्ट जिम्बेवारी नेक्स्ट मोडल्स नेपालले बहन गर्दैछ । अहिलेसम्मकै राम्रो र उत्कृष्ट फेसनको शोको रूपमा ‘आइससी डिजाइनर रनवे’को आगामी सिजन आफूले प्रस्तुत गर्न लागेको नेक्स्ट मोडल्स नेपालका सिइयो रवि धमलाले जानकारी दिनुभयो ।
नियमित आयोजना हुँदै आएको यो फेसन सोको अवको सिजमा आइसी कलेजका २०२१ व्याजका विद्यार्थी डिजाइनरहरूले तयार पारेका फरक-फरक पहिरन १५ सिक्वेलमा प्रदर्शन हुने जनाइएको छ ।
‘आइसी डिजाइनर रनवे’को मुख्य उद्देश्य नेपाली फेसन डिजाइनरको प्रचारप्रसार गर्दै उनीहरूले डिजाइन गरेका नेपाली फेसनका आकर्षक डिजाइन अन्तर्राष्ट्रियस्तरमा पु¥याउनु रहेको आयोजक आइसी कलेजकी प्रबन्ध निर्देशक शैलजा अधिकारीले बताउनुभयो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच